कांग्रेसले छान्यो राष्ट्रियसभाका १४ उम्मेदवार

काठमाडौं,१९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीबाट उम्मेदवार छानेको छ।
शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १४ उम्मेदवार तय गरेको हो ।
प्रदेश १ बाट दलितमा निरबहादुर विश्वकर्मा, महिलामा मिना पुलामी मगर र अन्यमा राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाइएको छ । प्रदेश २ बाट महिलामा नगिना यादव र अल्पसंख्यकरअपाङ्गताको कोटामा भोला पन्जियारले टिकट पाएका छन् । दलित र अन्य पदमा भने कांग्रेसलेसमाजवादी पार्टीलाई सघाउने बताएको छ ।
प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठले टिकट पाएका छन् । यस्तै गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन तथा प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यंकरअपांगता कोटामा मेराज हलवाई उम्मेदवार बनाइएको कांग्रेसले जनाएको छ ।
प्रदेश महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकाअनुरसार प्रदेश ६ का दुई उम्मेदवारको भने टुंगो लाग्न बाँकी छ ।
कांग्रेस उम्मेदवार
प्रदेश नम्बर १
पाँचथरका निरबहादुर विश्वकर्मा (दलिततर्फ)
सुनसरीकी मीना पुलामी मगर (महिला)
झापाका राजेन्द्र घिमिरे (अन्य)
प्रदेश नम्बर २
महोत्तरीकी नगिना यादव (महिला)
धनुषाका भोला पन्जियार (अल्पसंख्यरअपांगता)
प्रदेश नम्बर ३
सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ (अन्य)
चितवनकी छलीकुमारी शर्मा उपाध्याय (महिला)
गण्डकी प्रदेश
स्याङ्जाका सूर्यप्रसाद रेग्मी (अन्य)
म्याग्दीकी विमला गौचन (महिला)
प्रदेश नम्बर ५
अर्घाखाँचीका बालकृष्ण पाण्डे (अन्य)
दाङकी गिरिजा न्यौपाने (महिला)
बाँकेकी मेराज हलवाई (अल्पसंख्यकरअपाङ्गता)
कर्णाली प्रदेश उम्मेदवार टुंग्याउन बाँकी
सुदुरपश्चिम प्रदेश
बैतडीका प्रताप ठगुन्ना (अन्य)
कैलालीकी तुलसी देवकोटा (महिला)