सडक डिभिजन कार्यालयका प्रमुख घुससहित पक्राउ


१९ पुष २०७६, शनिबार

काठमाडौं,१९ पुस । सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुखसहित तीन जना घुस लिएको रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर वीरेन्द्रकुमार साहलाई पक्राउ गरेको हो ।


विनोदको साथबाट तीन लाख तथा नविनकुमार र वीरेन्द्रकुमारको साथबाट १५ लाख ९६ हजार रुपैयाँ बरामद भएको छ । उनीहरुले रुपनी राजविराज कुनौली सडक निर्माणको अन्तिम बिल भुक्तानीका क्रममा घुस लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७