ब्रेन गेन सेन्टरद्वारा काम शुरू, ५ हजार विज्ञ आबद्ध हुने सम्भावना


२० पुष २०७६, आईतवार
91 Shares
pradip gyawali

काठमाडौं, २० पुस । काठमाडौँ, पुस २० गते । विदेशिएका प्रतिभा पलायनलाई रोक्न स्थापित ‘ब्रेन गेन सेन्टर’मा आबद्ध विज्ञले नेपालमा काम सुरु गरेका छन् । परराष्ट्र मन्त्रालयको सक्रियतामा गएको वैशाखमा सेन्टर स्थापना भएको थियो ।

सेन्टर मातहत रहेर काम गर्ने उद्देश्यले गठित अमेरिकी ‘ब्रेन गेन इनिसियटिभ्स’मार्फत दुई जिल्लाबाट काम सुरु भएको हो । हालसम्म ब्रेन गेन सेन्टरको वेब पोर्टलमा ६४६ जना विज्ञले नाम दर्ता गराएका छन् । बिहीबार आर्थिक विकासमा डायस्पोराको भूमिका विषयमा छलफल भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

छलफलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतबाहेक विभिन्न देशका छरिएर रहेका झन्डै ४० लाख नेपालीको ध्यान स्वदेशमा केन्द्रित गराउन ब्रेन गेन सेन्टरले भूमिका निर्वाह गर्ने बताएको आजको गोरखा पत्रमा समाचार छ ।

“यसका यो वा ऊ त्यस्तो केही हुने छैन,” यसमा कोही कसैलाई पक्षपात नगरिने स्पष्ट पार्दै उनले भने, “सेन्टरलाई विस्तारै स्वायत्त र आत्मनिर्भर निकायका रूपमा सिर्जना गर्नेछौँ ।”

jagdamba.cement
rbbbb

सरकारको नीति, योजना र मन्न्त्रालयसँग जोेडेर विज्ञलाई हौसला दिन सरकार पनि सँगै जोडिएर अघि बढ्ने उहाँले बताउनुभयो । तत्काल विश्वका छरिएका पाँच हजार विज्ञलाई ब्रेन गेन सेन्टरको सञ्जालमा आबद्ध गराएर अघि बढ्न सकिने सम्भावना रहेको उनले बताए । स्रोत र साधनका लागि सरकारको उपस्थिति रहेकाले ढुक्क रहन उहाँले आश्वस्त पारे ।

सेन्टरका नीति तथा योजना महाशाखाका प्रमुख कुमारराज खरेलका अनुसार अमेरिकामा कार्यरत विज्ञ समूहले गोरखा र गुल्मीमा प्रारम्भिक चरणको परियोजना सुरु गरेको छ । चितवन र गण्डकीको थप दुई जिल्लामा काम सुरु गर्ने तयारी भइरहेको उनले बताए ।

कृषि, शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवासँग जोडिएर काम थालनी भएको अमेरिकाका विज्ञ डा। सतिश देवकोटाले बताउनुभयो । सिकागोमा छलफलले तयार पारेको दिशानिर्देशअनुसार विज्ञ परिचालन गरिएको छ । “यस परियोजनाले सफलता पाएमा अन्य जिल्लामा पनि परियोजना सञ्चालन गर्न सरकारलाई सिफारिस गरिनेछ,” उनले थपे, “सधैँ एकअर्कासँग झगडा गर्नुभन्दा देश विकासका लागि राष्ट्रिय सहमतिसहित बढ्दा अझ राम्रो प्रतिफल आउनसक्छ ।”
अर्थविद् विश्व पौडेलले विदेशमा रहेका नेपालीलाई स्वदेशमा आकर्षण गर्न पाँच वर्षमा देशभित्र

पाउन सक्ने रोजगारीका अवसरको पहिचान गर्न सुझाए। डा. लक्ष्मी देवकोटाले नेपालको जलभण्डारको उपयोग फरक धारमा गर्न डायस्पोराको सहयोगसँगै अगाडि बढ्न सकिने धारणा व्यक्त गरे ।

आगामी फागुनदेखि रिक्त हुने राष्ट्रियसभा सदस्य पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ। राष्ट्रियसभाका १८ जना सांसदको २ वर्षे कार्यकाल सकिन थालेपछि निर्वाचन आयोगले ती स्थानका लागि निर्वाचन गर्न लागेको हो। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७