ओली–प्रचण्डको कार्यकक्षमा ताला


२० पुष २०७६, आईतवार
NCP Central Secretariat Meeting 2

काठमाडौं, २० पुस । तत्कालीन एमाले र माओवादीबीच ३ जेठ ०७५ मा पार्टी एकता भएको अर्को दिन दुवै अध्यक्ष ओली र प्रचण्ड पहिला धुम्बाराही र त्यसपछि पेरिसडाँडा गएर पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरे ।

धुम्बाराहीमा प्रचण्डको कार्यकक्ष बनेको थिएन, त्यसैले प्रचण्डलाई ओलीकै कार्यकक्षमै कुर्सी राखियो । र, यस्तै अवस्था पेरिसडाँडामा पनि भयो । लगत्तै धुम्बाराही र पेरिसडाँडामा दुवै अध्यक्षका भिन्दाभिन्दै कार्यकक्ष बने ।

धुम्बाराहीको आ–आफ्ना कार्यकक्षमा वेलावेला ओली र प्रचण्ड जान्छन्, तर पेरिसडाँडामा ओलीको कार्यकक्ष बनेको साढे १९ महिना भयो ओली एकपटक पनि कार्यकक्ष पुगेका छैनन् । पार्टी एकतापछि प्रचण्ड तीन/चारपटक मात्र पेरिसडाँडाको कार्यकक्षमा पुगेका छन् । त्यसैले पेरिसडाँडामा रहेको ओली र प्रचण्डको कार्यकक्ष ताल्चा लगाएर राखिएको छ । मुसाले कुर्सी टेबुल र सोफा बिगार्यो कि भनेर कहिलेकाहीँ कोठा खोलेर कर्मचारीले हेर्छन् र सरसफाइ गरेर फेरि ताला लगाउँछन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको कार्यकक्ष छ । अध्यक्ष प्रचण्ड, महासचिव पौडेल र प्रवक्ता श्रेष्ठ कहिलेकाहीँ पेरिसडाँडा पुग्ने गरे पनि अर्का अध्यक्ष ओली भने एकपटक गएपछि दोहोर्याएर पुगेका छैनन् । अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षमा प्रायः ताला झुन्ड्याएको हुन्छ । पार्टीको कार्यक्रममा ओली धुम्बाराही जाने गरे पनि पेरिसडाँडाको आफ्नो कार्यकक्षमा भने दोहोर्याएर छिरेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

तत्कालीन एमाले र माओवादीबीच ३ जेठ, ०७५ मा राष्ट्रिय सभागृहमा एकीकरणको घोषणा गरिएपछि ४ जेठमा अध्यक्ष ओली र प्रचण्डले धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय संयुक्त रूपमा अवलोकन गरेका थिए ।

त्यसवेला प्रचण्डको कार्यकक्ष पहिलाकै थियो । ओलीको कोठा मात्रै थियो । ओलीका लागि तत्कालीन माओवादी नेता डा। बाबुराम भट्टराई बस्ने कोठा खाली गरिएको थियो । तर, कुर्सी, टेबुल बनेका थिएनन् । त्यस दिन ओली र प्रचण्ड दुवैले कार्यकक्ष हेरे । तर, दुवै जना केहीबेर एकै ठाउँ कुर्सी राखेर प्रचण्डको कार्यकक्षमा बसे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७