भागबन्डामा राष्ट्रियसभा निर्वाचनकाे नेकपा उम्मेदवार, वामदेव र ईश्वरले पाएनन्, कसको भागमा कति ?


२० पुष २०७६, आईतवार
672 Shares
nekapa scaled

काठमाडौं, २० पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का शीर्ष नेताहरुले राष्ट्रियसभा निर्वाचनका लागि भागबन्डा गरेर उम्मेदवार टुंगो लगाएका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच भागबन्डा गरेर उम्मेदवार तय गरिएको हो। उम्मेदवारी दर्ताका लागि आइतबारको मिति तय भइसकेको छ।

पूर्वएमालेबाट ९ र पूर्वमाओवादीबाट ७ जना तय गरिएपछि सातै प्रदेशबाट आफ्नो अनुकूलका नेताको नाम प्रस्तुत गरिएको थियो। बिहीबार १६ जनाको नाम प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए। ती नाममा अन्य नेता सहमत हुन नसकेपछि शुक्रबार केही नाम थपघट गरेर सचिवालय बैठकले पास गरेको हो। नेता वामदेव गौतम र ईश्वर पोखरेलले भने भाग पाएनन्।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेकपाले प्रदेश १ बाट पूर्वएमालेबाट इन्दु गौतम र देवेन्द्र दाहाल तथा पूर्वमाओवादीबाट गोपी अछामीलाई उम्मेदवार बनाएको छ। यीमध्ये गौतम र दाहाल ओली निकट हुन् भने अछामी दाहाल निकटका हुन्। प्रदेश २ मा ओली समूह निकट तुलसा दाहाल र दाहाल समूह निकट राधेश्याम पासवानलाई उम्मेदवार बनाइएको छ। प्रदेश २ मा नेकपाले राष्ट्रिय जनता पार्टी ९राजपा० सँग तालमेल गरेका कारण अन्य दुई उम्मेदवार राजपालाई छाडेको छ।

त्यसैगरी प्रदेश ३ बाट माधवकुमार नेपालसमूह निकट वेदुराम भुसाललाई उम्मेदवार बनाइएको छ। प्रदेश ३ बाटै नारायणकाजी श्रेठ समूह निकट गंगा बेल्वासेलाई पनि उम्मेदवार बनाइएको छ। अहिलेसम्म राजनीतिक लाभ नलिएका भुसाल यसअघि पनि उम्मेदवार थिए। तर रामबहादुर थापालाई जिताउनुपर्ने भएकाले उनको उम्मेदवारी फिर्ता गराइएको थियो।

jagdamba.cement
rbbbb

गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ आफैं उम्मेदवार भएका छन्। श्रेष्ठ यसअघि प्रतिनिधिसभा निर्वाचनमा गोरखामा डा। बाबुराम भट्टराईसँग पराजित भएका थिए। यस्तै ओली समूहसँग निकट भगवती न्यौपानेलाई पनि गण्डकी प्रदेशबाट उम्मेदवार बनाइएको छ। गत स्थानीय निकाय निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएकी उनी पराजित भएकी थिइन्।

प्रदेश ५ बाट माधव नेपाल समूहबाट विमला घिमिरे र ओली समूहबाट गोपाल भट्टराईलाई उम्मेदवार बनाएको छ। त्यसैगरी दाहाल समूह निकटका जगप्रसाद शर्मालाई उम्मेदवार बनाइएको छ। घिमिरे हाल नेकपाकी केन्द्रीय सदस्य हुन्। उनी यसअघि स्थानीय तहको निर्वाचनमा पराजित भएकी थिइन्।

कर्णाली प्रदेशबाट रामबहादुर थापा समूह निकट मायाप्रसाद शर्मा र ओली समूह निकट सुमित्रा बिसीलाई उम्मेदवार बनाएको छ। शर्माले यसअघि प्रदेश कमिटीमा वरीयता नमिलेको भन्दै राजीनामा दिएका थिए। पार्टीले अर्को पटक न्याय गर्ने बताउँदै उनको राजीनामा फिर्ता गराएको थियो। सुदूरपश्चिम प्रदेशबाट माधव नेपाल समूहका शारदा भट्ट र दाहाल समूहबाट तारामान स्वाँरलाई नेकपाले उम्मेदवार बनाएको छ।

आगामी फागुनदेखि रिक्त हुने राष्ट्रियसभा सदस्य पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ। राष्ट्रियसभाका १८ जना सांसदको २ वर्षे कार्यकाल सकिन थालेपछि निर्वाचन आयोगले ती स्थानका लागि निर्वाचन गर्न लागेको हो।

कसको भागमा कति ?
केपी ओली ६
पुष्पकमल दाहाल ४
माधवकुमार नेपाल ३
नारायणकाजी श्रेष्ठ २
रामबहादुर थापा १

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७