नेकपाको केन्द्रीय समिति बैठक तीन साता पछि सर्यो

काठमाडौं, २० पुस । नेकपाको केन्द्रीय समिति बैठक मिति परिवर्तन भएको छ । यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैठक माघ १५ गतेबाट बस्ने गरी मिति परिवर्तन भएको हो ।
आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै २२ दिन पर सारेर बैठकको मिति परिवर्तन गरेको हो ।
यसअघि पुस ६ गते सकिएको स्थायी समिति बैठकले पुस २३ गतेबाट केन्द्रीय समिति बैठक काठमाडौंमा बस्ने निर्णय गरेको थियो । आजै राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता भइरहेको छ । यसबीचमा प्रतिनिधिसभाको सभामुख निर्वाचन समेत हुँदैछ ।