थोक बजारलाई सञ्चालनमा ल्याउन तरकारी व्यापारीले टेरेनन्


२० पुष २०७६, आईतवार
28 Shares
kalimatitarkari

मोरङ, २० पुस । मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारलाई विराटनगरस्थित तरकारी व्यापारीले सञ्चालनमा ल्याउन मानेका छैनन ।

धरान–विराटनगर सडकलाई प्रभावित पार्नेगरी रहेको तरकारी बजारलाई व्यवस्थित गर्न विराटनगर महानगरपालिकाले व्यापारीकै लागि सो थोक बजार निर्माण गरिएको थियो । कृषि थोक बजारमा पसल लैजान महानगरपालिकाले गरेको आग्रहलाई व्यापारीले अस्वीकार गरेको छन ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बजारको महत्वपूर्ण ठाउँलाई ओगटेर बसेका तरकारी बजार स्थानान्तरण हुनुपर्ने स्थानीयवासीको माग रहेको छ । तरकारी बजार रहेको ठाउँलाई खाली गर्न महानगरपालिकाले पुस १० गतेसम्मको अवधि दिएको थियो । व्यापारीले सो अवधिमा ठाउँ खाली नगरी बजार लगाइरहेका छन् ।
कृषकले उत्पादन गरको फलफूल तथा तरकारीलाई व्यवस्थित गरी बजारसम्म पुर्‍याउन कृषि थोक बजारको आवश्यकतालाई सरकारले पूरा गरेको छ ।

सरकारले विराटानगर महानगरपालिकासँग जोडिएको कटहरीस्थित तरकारी ४५ हजार मेट्रिक टन र फलफूल आठ हजार मेट्रिक टन अट्ने क्षमताको कृषि थोक बजार निर्माण गरिदिएको छ । अत्यन्त व्यवस्थित सो बजार निर्माण गर्न भूमि कन्सट्रक्शन प्रालिले ठेक्कामा लिई रु १७ करोडको लागतमा एउटा तरकारी थोक बजार र अर्को फलफूल थोक बजारसहित एक अत्याधुनिक भवन पनि निर्माण गरेको छ ।

jagdamba.cement
rbbbb

भवनका लागि प्याक्टले रु १२ करोड र नेपाल सरकारले रु पाँच करोड खर्च व्यहोरेको थियो । बजारमा थोक विक्रेताका लागि ४० र खुद्रा विक्रेताका लागि ३५ स्टल पनि बनाएको छ । बनिबनाउ कृषि थोक बजारमा जान नमान्ने तरकारी बजारका पशुपति भगतले सो ठाउँ हाम्रा लागि उपयुक्त नभएको, अपायक भएको, कृषकले ल्याउने तरकारी बजारसम्म लैजाँदा धेरै झमेला हुने अवस्था रहेकाले हामी आफैले जग्गा खोजेको जानकारी दिए ।

उनले विराटनगर–११ स्थित स्थानीय नागेश कोइरालाको दुई बिघा जमीन भाडा लिएर मासिक रु तीन लाख तिर्नेगरी जग्गा लिएको र अहिले सो जग्गामा माटो पुर्ने र अन्य संरचना बनाउने काम भइरहेको जानकारी दिए । संरचना तयार भइसकेपछि तरकारी बजार सो ठाउँमा जाने र अहिले उपभोग गरिरहेको नगरपालिकाको सो जग्गा खाली गरिदिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७