अाजकाे राशिफल, वि.सं. २०७४ साल पुस २० गते।


प्रकाशित मिति : January 4, 2018

वि.सं. २०७४ साल पुस २० गते। बिहीबार। इश्वी सन् २०१८ जनवरी ४ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३८ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– तृतीया, २६:१२ बजेउप्रान्त चतुर्थी। नक्षत्र– तिष्य, १०:१६ बजेउप्रान्त अश्लेषा। योग– विष्कम्भ, २१:४८ बजेउप्रान्त प्रीति। करण– वणिज, १५:१२ बजेदेखि भद्रा, २६:१२ बजेउप्रान्त वव। आनन्दादिमा शुभ योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२० बजे र दिनमान २५ घडी ५८ पला। सर्वार्थसिद्धि योग १०:१६ बजेसम्म।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला र गलाको प्रभाव बढ्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकार्यको योगछ । मुद्धा मामिलामा विजयी पाप्त हुनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्य सम्पादनमा समस्या आउला । घर परिवारको समस्याले सताउनेछ । प्रेममा मनमुटाव रहला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभदायक यात्रा हुनेछ । व्यापार,व्यवसायबाट फाइदा लिन सकिनेछ । उपहार पाइने सम्भावनाछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु–बान्धव बाट सहयोग मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमाइलो यात्राको योग रहेको छ । व्यवसायमा औसत लाभ हुनुका साथै रोकिएको धन हात पर्नेेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बित्तिय संस्था बाट सहयोग पाईनेछ । अरुको मन जित्न सकिनेछ । बैदेशिक क्षेत्र कमजोर रहला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कार्य क्षेत्रमा प्रगती हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । व्यर्थको यात्रामा जान बाध्य भइनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्