अभिनेत्री ऋचा शर्मालाई मातृशोक

काठमाडौं, २० पुस । अभिनेत्री ऋचा शर्मा मातृशोकमा परेकी छन् । शर्माकी आमा रीनादेवी शर्माको शुक्रबार राति ६७ वर्षको उमेरमा निधन भएको हो ।
लामो रीनादेवी लामो समयदेखि अस्वस्थ थिइन् । केहि साता अगाडि मात्रै ऋचा वैवाहिक जीवनमा बाँधिदै गर्दा रीनादेवीको अस्पतालमा उपचार भइरहेको थियो ।
एकतर्फ विवाहको चटारो र अर्कोतर्फ अस्पतालमा आमालाई हेरचाह गर्नुपर्दा आफूलाई तनाव भइरहेको ऋचाले बताइएकी थिइन् ।