प्रदेश-३ को राजधानी : प्रदेशसभा सदस्यलाई ‘गलपासो’

हेटौंडामा प्रदेशसभादेखि पार्टी समेतमा मत विभाजित


२० पुष २०७६, आईतवार
140 Shares
pradesh3

भक्तपुर, २० पुस । प्रदेश नं ३ को स्थायी राजधानीको विषय यतिखेर प्रदेशसभा सदस्यहरूलाई गलपासो बनेको छ । प्रदेश नं. ३ को स्थायी राजधानी र नाम टुङ्याउन हेटौंडामा यतिखेर प्रदेशसभादेखि पार्टी समेतमा मत विभाजित हुँदा प्रदेशसभा सदस्यलाई उक्त विषय गलपासो बनेको आज अधिकांश प्रदेशसभा सदस्यहरूले गुनासो गरेका छन् ।

प्रदेश नं. ३ भित्रका १३ जिल्लामध्ये मकवानपुर र चितवन बाहेकका ११ वटा जिल्लाका दुई तिहाइभन्दा बढी सदस्यले हेटाँंडा स्थायी राजधानी उपयुक्त छैन भन्ने धारणा बाहिर ल्याउँदा पनि नेकपाभित्र भने पार्टीको ह्वीप जारीले नेकपाका प्रदेशसभा सदस्यलाई थप समस्या भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रदेशसभा सदस्य शशीजङ्ग थापाले स्थायी राजधानी हेटौंडा अधिकांशका लागि अनुपयुक्त भएको बताउँदै भक्तपुर या काभ्रे नै स्थायी राजधानी उपयुक्त हुने बताए । अधिकांश प्रदेशसभा सदस्यको चाहना काभ्रे नै स्थायी राजधानी उपयुक्त हुने धारणा रहेको बताउँदै उनले भने, ‘सबै दृष्टिकोणले भक्तपुर वा काभ्रे उपयुक्त हो, शहरी विकास मन्त्रालयको प्राविधिक टोलीले भक्तपुर उपयुक्त भनेर प्रतिवेदन बुझाएकै हो, हामीले चुनावमा प्रतिबद्धता जनाएकै हौँ तर अहिले पार्टीको परिस्थिति फरक हुँदा समस्या आएको छ ।’

अर्का सदस्य चेतनाथ सञ्जेलले हेटौंडा स्थायी राजधानी अनुपयुक्त भएको भन्दै पार्टी सचिवालयको निर्देशकसहित काभ्रे वा हेटौंडाकाबारेमा छलफल गरेर सहमति कायम गर्ने प्रयास भइरहेको जानकारी दिए ।

jagdamba.cement
rbbbb

प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईले काभ्रेमा राजधानी नबनाउन नेकपाभित्र निकै चलखेल भएको बताउँदै काभ्रेविरुद्ध अदृष्य शक्ति समेतको चलखेल बढेको बताइन् । उनले संविधानले दिएको अधिकार प्रयोग गर्ने र पार्टील ह्वीप जारी नगर्ने हो भने दुई तिहाइ बहुमतभन्दा बढी काभ्रेको पक्षमा मतदान हुने जिकिर गरिन् । उनले भनिन्, ‘हामी इतिहास रचेर जान्छौं, काभ्रेको पक्षमा मतदान गर्छौँ, हाम्रा सन्ततीलाई हामीलाई धिक्कार्ने बाटो दिँदैनौं ।’

पार्टीको लिखित निर्देशन नआएकाले सुझावलाई मान्नै पर्छ भन्ने नभएको नेकपाका अधिकांश सदस्यहरूको भनाइ छ । अर्का प्रदेशसभा सदस्य रत्न ढकालको पनि उस्तै भनाइ छ । उनीले भने, ‘काभ्रेलाई स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गर्छाै, बहुमत सांसदको चाहना हेटौंडाको विकल्प काभ्रे नै हो, तर अहिले पार्टीको निर्देशन र विभिन्न खालका प्रलोभन बाँडेर काभ्रेको पक्षमा दुई तिहाइ पुग्न नदिने षडयन्त्र भइरहेको छ ।’

उनले यो विषयमा पार्टीले निर्णय गर्नु र निर्देशन दिनु निकै दुःखद् भएको बताउँदै संवैधानिक अधिकार खोस्ने प्रयास भएको गुनासो गरे । अर्का सदस्य लक्ष्मण लम्सालले हेटौंडामै पनि पार्टीको गुटको भेला हुनु दुःखद् भएको बताउँदै अन्तिम समयसम्म काभ्रे राजधानी बनाउन आफूहरु लड्ने र आफ्नो मत काभ्रेका लागि जाहेर गर्ने बताए ।

अर्का सदस्य चन्द्र लामाले भोलि २१ गते काभ्रेलाई राजधानी बनाउने प्रस्ताव आफूले पेश गर्ने बताउँदै संविधान र पार्टीको विधान विपरीत निर्णय आउनु विडम्बना भएको बताए । उनले भने, ‘पार्टीको जस्तोसुकै निर्देशन आओस, काभ्रेमै राजधानी बनाउन म प्रस्ताव दर्ता गराउँछु, निर्देशन मान्नुपर्छ भन्ने छैन, मतदानमा ‘फ्लोर क्रस’ हुन्छ, हुन्छ ।’

अहिले हेटौंडाका प्रदेशसभा सदस्यको बस्ने खानेसमेत टुङ्गो नहँुदा र होटलमा बस्नु पर्दा तलब समेत नबच्ने गरेको गुनासो बढेको । हेटाँंडा जाने सडक जीर्ण भएको र ज्यान जोखिममा राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता समेत रहेको भन्दै अधिकांश सदस्यले प्रदेश राजधानी हेटौंडा अनुपयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।

सरकारले तत्काल द्रुतमार्ग, कान्ति लोकपथ, भीमफेदी कुलेखानी सुरुङ मार्ग, फर्पिङ फाखेल सडक निर्माण सम्पन्न र फर्पिङ फाखेल, कुलेखानी हेटाँंडा सडकको स्तरोन्नति गर्नुपर्ने सभा सदस्यहरूको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७