होस्टलको गिजरमा नुहाउने क्रममा युवतीको बेहोश भई मृत्यु


२० पुष २०७६, आईतवार
gijar

ललितपुर, २० पुस । गिजरमा नुहाउने क्रममा बेहोश भई ललितपुरमा एक जनाको मृत्यु भएको छ । सातदोबाटोस्थित सरिबा गर्ल्स होष्टेल बस्ने पर्सा बीरगञ्ज घर भएकी १९ वर्षीया जोनित चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

होष्टेलको बाथरुममा गिजरमा नुहाउने क्रममा अचानक बेहोश भएपछि तत्काल पाटन अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७