खि ल्होछारको रमझम


Author
२० पुष २०७४, बिहीबार
tamu 1

वाणिज्यदुत कृषु क्षेत्रीले जातीय, भाषिक, साँस्कृतिक पहिचानको जगेर्ना गर्न ल्होछारजस्ता साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए 

नयाँपेज संवाददाता
न्यूयोर्क । गुरुङ (तमु) हरुले सांस्कृतिक कार्यक्रम आयोजना गरि रमझम खि ल्होछार मनाएका छन् । द गुरुङ (तमु) सोसाइटी अमेरिकाले डिसेम्बर ३० मा चरा वर्ग (च्हा ल्हो) को विदाइ र कुकुर वर्ग (खिल्हो ) को स्वागत गर्दै खि लोछार मनाएका हुन् ।tamu6

समाजले दोलखामा राष्ट्रिय सम्पदा संरक्षण कोषसँग मिलेर दुइ वटा बहुउपयोगी सामुदायिक वातावरण केन्द्र निर्माण गरेको छ भने चन्द्र गुरुङ संरक्षण कोषसँग मिलेर गोरखाको गुम्दामा सुर्योदय माध्यमिक विद्यालय पुननिर्मांण, जागरण मिडिया सेन्टरसँग मिलेर सिन्धुपाल्चोकको सिपापोखे्रमा बाल कल्याण प्राथमिक विद्यालय पुननिर्माण, र सगुनसँगको सहकार्यमा काभे्रपलाञ्चोकको खार्पाचोकमा एउटा निम्न माध्यमिक विद्यालय पुननिर्माणको काम गरिरहेको छ ।

खि लोछारमा आयोजना गरिएको कार्यक्रम विशेष अतिथि ८० बर्षिया उमा गुरुङले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरिन् । उनले सबैको शान्ति, सुस्वास्थ्य र प्रगतिको कामना गरिन् । कार्यक्रममा न्यू योर्क वाणिज्यदुत कृषु क्षेत्रीले जातीय, भाषिक, साँस्कृतिक पहिचानको जगेर्ना गर्न ल्होछारजस्ता साँस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए । उनले ‘तमुहरु एक भएर जानु राम्रो हुने बताए । अमेरिकामा गुरुङहरुको जातीय संस्था फुटेर २ वटा बनेको छ ।

यसैबीच समाजका अध्यक्ष पदम बहादुर गुरुङले ल्होछारको शुभकामना दिदैं यो पर्वले गुरुङ संस्कृतिको जगेर्ना गर्न र अन्तराष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताए । पर्वले तमुहरुबीचको एकता, भाइचारा, र आपसी सद्भाव कायम गर्ने उल्लेख गर्दै तमुहरुबीच एकता हुन जरुरी रहेको धारणा व्यक्त गरे ।

machchhe

कार्यक्रममा वाणिज्यदुत क्षेत्रीलाई मौलिक गुरुङ पहिरन भांग्रा र उनकी पत्नी रीता सुवेदीलाई घलेक ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा सन २०१५ मा नेपालमा गएको भुकम्पपछि गुरुङ समाजले नेपालको ४ वटा जिल्लाtamuमा गरिरहेको पुननिर्माण परियोजना बारे जानकारी गराइएको थियो । समाजले दोलखामा राष्ट्रिय सम्पदा संरक्षण कोषसँग मिलेर दुइ वटा बहुउपयोगी सामुदायिक वातावरण केन्द्र निर्माण गरेको छ भने चन्द्र गुरुङ संरक्षण कोषसँग मिलेर गोरखाको गुम्दामा सुर्योदय माध्यमिक विद्यालय पुननिर्मांण, जागरण मिडिया सेन्टरसँग मिलेर सिन्धुपाल्चोकको सिपापोखे्रमा बाल कल्याण प्राथमिक विद्यालय पुननिर्माण, र सगुनसँगको सहकार्यमा काभे्रपलाञ्चोकको खार्पाचोकमा एउटा निम्न माध्यमिक विद्यालय पुननिर्माणको काम गरिरहेको छ ।

Tamu1

कार्यक्रममा गुरुङहरुको मौलिक पोशाक प्रोत्साहन गर्न उत्कृष्ट पोशाक पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार पाउनेमा १२ बर्ष देवन गुरुङ रक्षा गुरुङ थिइन् भने महिलातर्फ सोनी गुरुङ र पुरुषतर्फ लिलबहादुर गुरुङ थिए ।
गुरुङ जातिले विभिन्न १२ जीवजन्तुको चक्रलाई आधार मानेर नयाँ बर्षको रुपमा ल्होछार मनाउने गर्छन् । ल्होको अर्थ वर्ग र छारको अर्थ नयाँ हुन्छ । त्यसैले ल्होछारलाई गुरुङहरुले नयाँ बर्षको रुपमा मनाउँछन् ।

krisu naya
साँझ ८ बजे सुरु भएको कार्यक्रम बिहान २ बजेसम्म चलेको थियो । कार्यक्रममा ५० भन्दा बढी स्थानिय कलाकारले मौलिक र साँस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा गुरुङको मौलिक, साँस्कृतिक, परम्परागत नृत्य पच्यु, घ्याब्री, र छयाडु, कौडा आदि प्रस्तुत गरिएको थियो ।

group

groupगुरुङहरुले विवाह भोज, पूजाआजा, मृत्य, दुःख पर्दा पच्यु नृत्य गर्ने चलन छ । नराम्रो पन्छाउने, ग्रह शान्ति गर्ने र शुद्दी कार्यमा घ्याब्री नृत्य गरिन्छ । मृत्यु वा, दुःख पर्दा छ्याडु नृत्य गरिन्छ ।

naya machhe

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७