४ महिनामा पाइपलाइनबाट साढे १७ करोड लिटर डिजेल नेपालमा आयात


२० पुष २०७६, आईतवार
217 Shares
petrol

काठमाडौं, २० पुस। अमलेखगञ्ज पाइपलाइनबाट करिब ४ महिनाको अवधिमा साढे १७ लिटर बराबरको डिजेल आयात भएको छ।


नेपाल तथा भारतका प्रधानमन्त्रीले पाइपलाइन भदौ २४ गते अर्थात सेप्टेम्बर १० मा स‍‌युक्त रुपमा उद्धघाटन गरेका थिए। त्यसयता डिसेम्बर अन्त्यसम्म १७ करोड ५६ लाख ८ हजार लिटर डिजेल आयात भएको नेपाल आयल निगम लिमिटेड अमलेखगञ्ज डिपोले जानकारी दिएको छ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पाइपलाइनबाट सप्टेम्बरमा १ करोड १६ लाख, अक्टोबरमा ५ करोड २१ लाख, नोभेम्बरमा ६ करोड ९३ लाख र डिसेम्बरमा ५ करोड ४१ लाख डिजेल आयात भएको छ। उक्त डिजेल भैरहवा, पोखरा, थानकोट, बिराटनगर लगायतका डिपोमा माग गरे बमोजिमको डिजेल उपलब्ध गराइएको डिपो प्रमुख दिपक यादवले जानकारी दिए।

निगमका अनुसार पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि इन्डियन आयल कर्पोरेशनको डिपो तथा बरौनी, बैतलापुर, मुगलसराई, गोडा लगायतका रिफाइनरीबाट डिजेल आयात गर्न बन्द गरिएको छ।

jagdamba.cement
rbbbb

पाइपलाइनबाट आएको डिजल सुरक्षितका साथै परिमाण र गुणस्तरमा समेत कमी नभएको निगमले जानकारी दिएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७