सातामा एकदिन सिपाही-वरिष्ठ प्रहरी अधिकृतको ब्यारेकमा सुत्न र सँगै खान डिआइजीको निर्देशन


२० पुष २०७६, आईतवार
679 Shares
1578212075Dig Pokhrel

काठमाडौं, २० पुस । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जवान-हवल्दारको ब्यारेकमा साताको एक दिन अनिवार्य सुत्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्।

आइतबार महानगरीय प्रहरी परिसर ललितपुरको निरीक्षण गर्दै डिआइजी पोखरेलले यस्तो निर्देशन दिएका हुन्। उनले हरेक साँझ जवान-हवल्दारकै मेसमा गएर खाना खान पनि वरिष्ठ प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कनिष्ठ प्रहरी अधिकृतको पीरमर्का बुझ्नका लागि पनि वरिष्ठ प्रहरी अधिकृतले यो दायित्व निर्वाह गर्नुपर्ने निर्देशनका क्रममा उनले उल्लेख गरे। यस्तो कार्यले कनिष्ठ र वरिष्ठ प्रहरीबीचको निकटता बढ्ने, पीरमर्का आदानप्रदानमा सहयोग पुग्ने र आफूले देखेको, जानेको, भोगेको कुरा निर्धक्न भन्न सक्ने वातावरण सिर्जना हुने पोखरेलले बताए।

‘बाहिर जनताको शान्ति सुरक्षामा खटिने हामी आफैंभित्र कस्ता समस्या लिएर बसिरहेका छौं, कसले के भोगिरहेका छौं र त्यसको निराकरणको उपाय खोज्न जरूरी छ,’ पोखरेलले भने। उनले यस्तो अभ्यासले आफूलाई परेको समस्या र गुनसो आफ्नै संगठनका सदस्यबाट खोज्न सघाउ पुग्ने बताए।

jagdamba.cement
rbbbb

उनले जनतालाई प्रवाह गर्ने सेवामा निष्पक्षता, सम्मान आश्यक रहेको भन्दै परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिए। उनले खराबलाई बहिस्कार र उत्कृष्टलाई पुरस्कार गर्ने नीति आफूले लिएको बताए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७