प्रदेश ३ को राजधानी विपक्षमा बोल्ने सांसदलाई पद खुस्काउने धम्की


२१ पुष २०७६, सोमबार
pradesh 3

काठमाडौं, २१ पुस । हेटौँडाको विकल्पमा बोल्ने सांसदहरुको सांसद पद नै खुस्काइदिने धम्की आउन थालेको कतिपय सांसदको भनाइ छ । नाम नलेख्ने शर्तमा एक सांसदले भने, ‘धम्की आइरहेको छ । सांसद पद खुस्काइदिने समेतका धम्की बेहोर्नुपरेको छ ।’,

ती सांसदका अनुुसार हेटौंडाको पक्षमा उभिन प्रधानमन्त्री र पार्टीका कार्यकारी अध्यक्षबाट सिँधै फोन गर्न लगाउने काम समेत भएको छ । ती सांसदले भने, ‘तर हामी त्यसरी धम्कीका भरमा डराउँदैनौँ ।’ यस्तो धम्की र फोन आउन थालेपछि केही दिन पहिलासम्म हेटौडाको विपक्षमा रहेकाहरुको स्वर नरम समेत हुन थालेको अर्का एक सांसदले बताए ।

‘कोहीलाई मन्त्री बनाउने आश्वसन त कोहीलाई जागिर खाइदिने धम्की आउन थालेपछि केही सांसद पार्टीको निर्णय मान्नुपर्ने’ पक्षमा पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७