अष्ट्रेलियामा पानी पर्‍यो,वर्षाले केही राहत


२१ पुष २०७६, सोमबार
australi

काठमाडौं,२१ पुस । डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियामा पानी परेको छ । वर्षाले केही राहत दिएको छ भने लगातार बढेको तापक्रम पनि केही घटेको छ ।

तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेलियामा विकराल रुप लिएको छ । आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ । अस्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको छ ।

81217216 165037264813136 2880829647136751616 n

 

‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबार बिहान चेतावनी दिइन् । डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् ।

यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन् । यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन् ।

तर, भिक्टोरिया इमर्जेन्सी म्यानेजमेन्ट कमिश्नर एन्ड्रू क्रिस्पले चेतावनी दिँदै भने, ‘तापक्रम बढ्नेछ र डढेलो पुनः सक्रिय हुनेछन् ।’

अष्ट्रेलियाको डढेलोले निम्त्याएको ह्दय रुवाउने दृष्य (फोटो फिचर)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७