अमेरिका बसेर जाजरकोटमा जागिर खाने डाक्टर


२० पुष २०७४, बिहीबार
doctor 1

जाजरकोट:  सुन्दै अचम्म लाग्न सक्छ, अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला ?doctor 1

तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर यहाँको सरकारी जागिर गरिरहेको पाइएको छ ।स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला परेको हो । उनी गत बर्ष अमेरिका गएका हुन् । २०७३ अन्त्यसम्म उनको साढे १९ दिन सञ्चित बिरामी बिदा थियो ।

२०७४ बैशाखयता दुईपटक आएर हाजिर गरेर उनी पुनः अमेरिका फर्किएका छन् । यस बर्ष बैशाख २५ देखि जेठ ४ गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए ।पुनः कार्तिक ६ देखि हाजिर भएका उनी २१ गतेसम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ ।

अन्य अवधिमा घरबिदा, सट्टा बिदा, काज एवं बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेका छन् ।यो समचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७