फुडमाण्डु फूड फेस्टिभलः एनआइसीको मोबाईल बैंकिङ्गबाट भुक्तानी गर्दा ३० प्रतिशत छुट


२२ पुष २०७६, मंगलवार
nic foodmandu yaADubpXp0

काठमाडौं, २२ पुस । फुडमाण्डुको अनलाइन फूड फेस्टिभल २०२०मा एन आई सी एशिया बैंक बैंकिङ्ग साझेदार रहने सहमति भएको छ ।

यस अन्तर्गत अनलाइन फूड फेस्टिभल २०२०मा बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी क्यूआर मार्फत् भुक्तानी गर्दा बैंकका ग्राहक महानुभावहरुले ३० प्रतिशत छुट पाउन सकिन्छ ।

यो अफर पुस २१ देखि पुस २७ सम्म लागु हुनेछ । उक्त साझेदारी अनुसार बैंकका ग्राहक महानुभावहरुले फुडमान्डुबाट आफुलाई ईच्छा लागेको खानेकुरा अर्डर गर्दा मोबाइल बैंकिङ्ग प्रयोग गरी भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७