माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा


२२ पुष २०७६, मंगलवार
machhha scaled

काठमाडौं, २२ पुस । ग्राहकको सुविधालाई मध्यनजरगर्दै माछापुच्छे बैंकले ‘माछापुच्छ्रे ग्राहकसेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ।

ग्राहकहरूलाई छिटो छरितो र सहज रुपमा सुविधा प्रदानगर्ने उद्धेश्यका साथ बैंकल अन्तर्राष्ट्रियस्तरको एसआइपी पिबिएक्समाआधरित आइभिआर बैंकिङ्ग र अडियो नोटिस बोर्ड सहितको अत्याधुनिक प्रविधिको ओम्नीच्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो।

ग्राहक सेवा केन्द्रबाट बैंकको गुणस्तरिय सेवाविस्तारका साथै देश तथा बिदेशमा रहेकाग्राहकहरुलाई बैंक संग सम्बन्धित सूचना आदान–प्रदानगर्न सकिन्छ।

बैंकले १४५ वटा शाखाहरु, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जालतथा १७९ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पिओएसमार्फत बैकिङ्ग सेवा दिँदै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७