१ सय २२ चिनियाँलाई निष्कासन प्रक्रिया पुरा, चीन फिर्ता लैजान चार्टर्ड जहाज बुधबार आउँदै


२२ पुष २०७६, मंगलवार
china

काठमाडौं, पुस २२ :  चीनमा साइबर अपराधमा संलग्न १ सय २२ चिनियाँ नागरिकलाई नेपालबाट निष्कासन गर्ने प्रक्रिया पुरा भएको छ । उनीहरुलाई गत पुस ७ मा जम्मा नौ घरमा छापा पारेर प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई अध्यागमन विभागले दुई हजार र एक हजार रुपैयाँ जरिवाना भराउने र ४ वर्षका लागि नेपाल प्रवेश निषेध गरिएको छ । भिसा र राहदानी नभएकाहरूका लागि आवश्यक कागजपत्र चिनियाँ दूतावासमार्फत प्राप्त भएको र उनीहरूलाई नेपालको अध्यागमन ऐनअनुसार कारबाही प्रक्रिया पुरा गरिएको हो ।

अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले ३४ जनालाई दुई हजार रुपैयाँ जरिवाना गरिएको जानकारी दिए । उनले बाँकी रहेका ८८ जनालाई जनही एकहजार रुपैयाँ जरिवानाको निर्णय भएको बताए । उनीहरु जस्ता गिरोहले ४ अर्व लगानीमा २१ बढी बैधानिक रुपमा खुलेका सफ्टवेयर कम्पनीहरु मार्फत चिनियाँ नागरिकहरुले चीनकै अर्थतन्त्र धरासायी बनाउन साईबर अपराध गरिरहेको चिनियाँ पक्षको भनाई छ ।

स्रोतका अनुसार उनीहरुलाई बुधवार नै चीन फिर्ता पठाइने छ । उनीहरुलाई चीन लैजान दिउँसो एउटा चिनियाँ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गदैछ । चाइना इस्टर्नले मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणसँग चार्टर्ड विमान अवतरणका लागि अनुमति लिएको प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले बताए । उनका अनुसार १३२ सीट क्षमताको विमानलाई बुधवार दिउँसो ३ बजे अवतरण गर्ने र साँझ ६ बजे उडान गर्नेछ ।

पर्यटक भिसामा नेपाल आएर घर भाडामा लिएर थुप्रै सङ्ख्यामा मोबाइल र कम्प्युटर राखी शङ्कास्पद रूपमा नियमित काम गर्ने गरेको पाइएपछि ती चिनियाँ नागरिकहरूलाई पक्राउ गरिएको हो । तर अनुसन्धानका क्रममा उनीहरूले नेपालविरुद्ध वा नेपालमा कसुर गरेको नदेखिए पछि चीन सरकारलाई फिर्ता गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमाण्डूका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । खासगरी उनीहरुले नेपालको भुमी प्रयोग गरेर अनलाइन चीन बिरुद्ध साइबर अपराध गर्दे आएका थिए ।

चीनले कम्बोडिया, भियतनाम, फिलिपिन्स र लाओसपछि चीन बिरुद्ध साइबर अपराधको ‘हब’ बन्दै गरेको विशेष सूचना पाएको थियो। नेपाल सरकारबाट यो सूचना पाएपछि उसले एउटा विशेष कारबाहीको पहल थालेको थियो।

चीनको गृह मन्त्रालय (मिनिष्ट्री अफ पब्लिक सेक्युरिटी) को एउटा विभागका निर्देशक वाङवाङ हो काठमाडौं मिसनमा खटिए। नेपालमा पहिचान भएका ७० घरमा राती छापा मार्ने योजना बन्दै थियो। यसका लागि वाङवाङ आफै भेटघाटमा खटिएका थिए। उनले राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभाग हुँदै गृहका उच्च अधिकारीहरुसँग भेटघाट गरे।

नेपाल प्रहरीलाई गृहले आवश्यक कारबाहीका लागि निर्देशन दिएको थियो । प्रहरीका तर्फबाट तत्कालीन महानगरीय प्रहरी प्रमुख डीआईजी शैलेन्द्र थापा क्षेत्रीले नेतृत्व लिएका थिए। चीनले नेपालमा कारबाही थाल्नु अघि यु आइहाइ, झाङ झाङ्मु र चु चिङलाई खोजीदिन आग्रह गरेको थियो। नेपालमा बिजनेस भिसामा आउजाउ गरिरहेका उनीहरु शंकाको पहिलो घेरामा थिए।

यसबाहे याङ डोङ, जिआव चाव, चेन सितियान र वु रोङफेङ समेत चीनको खोजीमा थिए। तर उनीहरु सबै कारबाही अघि र पछि नेपालबाट भाग्न सफल भएको छ । उनीहरु भाग्न सफल भएपछि चीनले गृहका उच्च अधिकारीसँग आपत्ती जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७