इटहरीमा नेपालकै पहिलो ६ तले स्मार्टपार्किङ्ग


२३ पुष २०७६, बुधबार
smart parking

काठमाडौं, २३ पुस । नेपालमै पहिलो पटक इटहरीमा स्मार्ट पार्किङ्ग निर्माण हुने भएको छ । इटहरी उपमहानगरका इन्जिनियर जीवन घिमिरेका अनुसार अवको साढे चार महिना भित्रमा स्मार्ट पार्किङ्ग निर्माण सम्पन्न भएर संचालनमा आउने छ ।

इटहरी वडा नम्वर ४ टयाङग्रा खोला उत्तरपूर्व अधिकारी मेडिकल हल छेउमा रहेको दुई कठठा जग्गामा ६ तलाको स्मार्ट पार्किङ्ग वन्ने भएको हो । त्यहाँ सय वटा हल्का सवारी साधन पार्क गर्न सकिने छ । इटहरी उपमहानगरको पहलमा संघीय सरकारले समपुरक योजना अन्र्तगत ५ करोड २० लाख रकम विनियोजित भइसकेको छ ।

करिव १० करोड लागतमा स्मार्ट पार्किङ्ग निर्माण हुने छ । निर्माण कम्पनीका लागि सूचना गर्ने प्रक्रिया सुरु भइसकेको छ । सवारीधनीले त्यहाँ पार्क गराउन ल्याएपछि सफटवेयरलेनै एक क्लिकमा १ मिनेटमै खाली भएको ठाँउमा पठाउने छ ।

पछि १ मिनेटमानै पहिला भएको ठाँउमा ल्याइदिने छ । यो सिस्टम सवै अटोमेटिक हुने छ ।त्यहाँ गाढि धुने स्मार्ट वास र कफिसपको पनि ब्यवस्था हुने छ । त्यहाँ पार्क गरिसकेपछि सम्वन्धित ठाँउमा पुग्ने सवारी साधनको ब्यवस्था मिलाउने बिषयमा पनि छलफल भइरहेको इन्जिनियर घिमिरेले वताए ।
इटहरीमा वढदो सवारी पार्क गर्ने समस्यालाई नेपालमै पहिलो पटक वन्न लागेको यो स्मार्ट पार्किङ्गले समाधान गर्ने उपमहानगरको अपेक्षा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७