नवल खड्कालाई ‘राष्ट्रवादी’ नायक सम्मान


२३ पुष २०७६, बुधबार
nawal khadka

काठमाडौं, २३ पुस । नायक तथा चलचित्र निर्माता नवल खड्का ‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट सम्मानित भएका छन् । दाङमा आयोजित ‘बुद्ध सरयू चलचित्र महोत्सव २०७६’ मा उनलाई उक्त सम्मान दिइएको हो ।

कार्यक्रममा प्रदेश न.५ का माननीय सभामुख पूर्ण ब.घर्ती, माननीय सांसद दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी र ईन्द्र जित थारू लगायतले उनलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिएका थिए ।

कार्यक्रममा निर्देशक नवीन सुब्बा, निर्देशक र निर्माता मुनाल घिमिरे, अमृत सुनुवार, बिनोद श्रेष्ठ, अनुप सुवेदी लगायत सम्मानित भएका थिए । मंगलबारबाट शुरु भएको महोेत्सव तीन दिनसम्म चल्ने छ ।

महोत्सव दाङका बिभिन्न पक्षहरुको प्रचारप्रसार गर्ने उदेश्यले आयोजना भएको हो ।
नवल नेपाली चलचित्र क्षेत्रका नायक निर्माता हुन् । राष्ट्रवादी बिषयमा दशगजा, भीमदत्त लगायत फिल्म निर्माण गरेका उनी अहिले सीमाना काढेतार अभियानका संयोजक पनि हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७