१३६ पुरुष बलात्कार गर्ने रेनहार्डलाई जन्म कैद


२३ पुष २०७६, बुधबार
rape 20200108084721

काठमाडौं, २३ पुस । सबैभन्दा खतरनाक बलात्कारी रेनहार्ड सिनागालाई बेलायतको अदालतले जन्म कैदको सजाय सुनाइएको छ ।

३६ वर्षीय उनी इन्डोनेसियाका नागरिक हुन् । उनीमाथि १५९ यौन अपराधमा १३६ बलात्कारको आरोप थियो । अदालतका अनुसार रिनहार्डले ४८ पुरुषलाई बलात्कार गरेका थिए । पुरुषलाई फकाएर बलात्कार गरेको आरोप उनी माथि लागेको थियो । प्रहरीका अनुसार रिनहार्डले १९० जनालाई लक्षित गरेको प्रमाण पाइएको छ ।

उनी पहिले नै दुई मामिलामा आजीवन सजाय भोगीरहेका थिए । उनी माथि चार अलग–अलग मुद्धा चलेको थियो, जसमा १३६ बलात्कार, ८ बलात्कार गर्ने प्रयास र अन्य १४ यौन अपराध गरेको पाइएको थियो ।

सिनागाले यस्ता पुरुष मात्र लक्षित गर्थे जो समलिङ्गी हैनन् । बेलायतको न्यायिक इतिहासमा रिनहार्ड सनागा सबैभन्दा खतरनाक बलात्कारी साबित भएको बेलायती प्रहरीले जनाएको छ । न्यायधीश सुजैन गोडार्डका अनुसार, रिनहार्ड सनागा एक राक्षस यौन शिकारी हुन्, जसलाई बाहिर छोड्नु सबैभन्दा ठूलो गल्ती हुनेछ ।

सनागाले विशेषगरी नाइट क्लबमा आउने जाने गर्ने पुरुषलाई आफ्नो शिकार बनाउने गरेका थिए । आफ्नो कामको लागि उनले बेहोस गर्ने औषधिको प्रयोग गर्थे । उनले पीडितलाई बेहोस पार्न केही खतरनाक र प्रतिबन्धित औषधि प्रयोग गरेको प्रहरीले जनाएको छ ।

सनागालाई जुन २०१७ मा पक्राउ गरिएको थियो । एक पीडितले बलात्कार प्रयासको क्रममा प्रहरीलाई खबर गरेका थिए । बेलायतका गृहमन्त्री प्रीति पटेलले यस्तो औषधिको प्रयोग गरेको सुनेर चिन्ता व्यक्त गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७