नयाँ वर्षको बिदामा ३७५ जनाको मृत्यु


२० पुष २०७४, बिहीबार
death मृत्यु
फाइल तस्बिर

बैङकक: थाइल्याण्डमा नयाँ वर्षको अवसरमा दिइएको बिदाका बेलामा मात्रै भएका सवारी दुर्घटनामा परी कम्तीमा ३७५ जनाको मृत्यु भएको छ ।

death मृत्यु
Corpse

घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २ तारिखसम्म भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको जनाएको छ ।

यो अवधिमा देशभरका विभिन्न ठाँउमा तीन हजार ४४६ वटा सवारी दुर्घटना भएको केन्द्रका अधिकारीहरूले बताएका छन् । देशको उत्तरपूर्वी प्रान्त नाखोन राट्चासिमामा सवै भन्दा धेरै जनाको मृत्यु भएको छ । यो ६ दिनको अवधिमा त्यस क्षेत्रमा १५ जनाको मृत्यु भएको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७