शहीद स्मारक लिगमा सन्तोषको सय गोल


२३ पुष २०७६, बुधबार
Santosh chaysa

काठमाडौं, २३ पुस । सन्तोष साहुखलले ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा गरेका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उनले आजको खेलमा १०० औै गोल गरेका हुन् ।

सन्तोषले च्यासल युथ क्लबका तर्फबाट नेपाल पुलिस क्लबका विरुद्ध खेलको १८ औं मिनेटमा गोल गरेका हुन् । ‘ए’ डिभिजन लिगमा एक सय गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन् ।

च्यासलका हेमन्त थापामगरले हानेको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघन चौधरीले रोक्न नसक्दा उक्त बललाई सन्तोषले गोलमा परिणत गरेका हुन् । पहिलो हाफसम्ममा नेपाल पुलिस क्लबले दुई तथा च्यासलले एक गोल गरेको छ । जारी लिगमा उनको यो चौथो गोल हो ।

उनले पहिलो खेलमा सङ्कटा क्लबविरुद्ध दुई तथा दोस्रो खेलमा मछिन्द्र क्लबविरुद्ध एक गोल गरेका थिए । उनले न्यु रोड टिम र जाउलाखेल युथ क्लबविरुद्धको खेलमा भने गोल गर्न सकेनन् । सन्तोषले २०६० सालमा थ्री स्टार क्लबबाट लिग खेल्न थालेका हुन् ।

सन्तोषले लिगमा गरेका गोलहरु

२०६०ः थ्रीस्टार ६ गोल
२०६१ः एपीएफ ६ गोल
२०६२ः थ्रीस्टार ९ गोल
२०६३ः थ्रीस्टार ११ गोल
२०६६ः ६७ थ्रीस्टार १९
२०६८ः मनाङ १६ गोल
२०६९ः थ्रीस्टार १७ गोल
२०७०ः थ्रीस्टार ९ गोल
२०७५ः च्यासल ३ गोल
२०७६ः च्यासल अहिलेसम्म ४ गोल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७