२५ लाख खर्चिदा २२९ भोट मात्रै !


२० पुष २०७४, बिहीबार
chunab final 1

काठमाण्डौ : राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेश गरेका छन् ।chunab final 1

यतिविधि खर्च गरे पनि उनले जनताबाट भने २२९ भोट मात्र पाएका छन् । उक्त निर्वाचन क्षेत्रमा रहेका १० उम्मेद्वारमध्ये सबैभन्दा बढी खर्च गरेको उनले देखाएका छन् । निर्वाचन आयोगले तोकेको अधिकतम खर्च गर्न पाउने रकम पनि २५ लाख रुपैंयाँ नै हो । रोकाले २५ लाख खर्च गरे यो मतपरिणाम खर्चअनुसार निकै अस्वभाविक देखिन्छ ।

रोकाले आफ्नो मत कति भन्नेबारे भने थाहा नभएको प्रतिक्रिया दिएका छन् । रोकाले चुनावमा गरेको खर्चको ग्राफ र पाएको मत हेर्दा नेपालको चुनाव कति धेरै खर्चिलो बन्दै गइरहेको छ भन्ने कुरा स्पष्ट पार्छ । यसले पैसा नहुनेहरुका लागि राजनीति क्षेत्र नरोजे पनि हुने संकेत देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७