निमोनिया के हो ? जोगिने कसरी


२३ पुष २०७६, बुधबार
1045197592child with fever and high temperature

विश्वमा प्रत्येक वर्ष झण्डै १ करोड बालबलिकाको मृत्य निमोनिया, झाडापखला, दादुरा, मलेरिया, एचआईभी एड्स तथा कुपोषण जस्ता रोगहरूबाट हुने गर्दछ। एक तथ्याङ्क अनुसार संसारभर करिव १६ लाख बालबालिकाहरुको निमोनियाबाट मात्र मृत्यु भएको देखिन्छ। निमोनियाले प्रति वर्ष विश्वभर १५ करोड ५० लाख बालबालिका बिरामी पर्दछन्।

निमोनिया ५ वर्ष मुनीका बच्चाहरुको मत्यको एक प्रमुख कारण हो।

५ वर्ष मुनिका बाल बालिकाको मृत्यु मध्ये १५ प्रतिशत मृत्यु यो रोगको कारणले मात्र हुन्छ। सन् २०१७ मा विश्वभरमा ८ लाख बालबालिकाको मृत्यु निमोनियाको कारणले भएको छ। यदि उपयुक्त कदम नचालेमा यो रोगको कारणले सन् २०३० सम्ममा विश्वभरी १ करोड १० लाख बालबालिकाको मृत्यु हुने अनुमान गरिएको छ।

निमोनिया भनेको के हो ?
निमोनिया भनेको फोक्सोमा हुने संकमण हो। निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने, कोखा हाले हुन्छ। कडा निमोनियाले मृत्यु पनि हुन सक्छ।

निमोनियाको रोकथाम तथा मृत्यु घटाउन प्रभावकारी बालबचाउ कार्यक्रमहरुः
१. बच्चालाई जन्मेको ६ महिनासम्म आमाको दुध मात्र खुवाउने। त्यसपछि आमाको दुधको साथै थप खाना खुवाउने।
२. नियमित खोपहरु लगाउने।
३. नियमित हात धुने, शुद्ध खानेपानी तथा सरसफाइमा ध्यान दिने।
४ धुमपान नगर्ने, घर भित्र धुवाँ कम गर्ने र वातावरण स्वच्छ राख्ने।

निमोनियाको उपचार

 निमोनियाको उपचार शिघ र सही औषधीबाट गर्नु पर्दछ।
 शिघ्र र सही औषधी उपचारले निमोनियाबाट हुने अधिकारी मत्युलाई रोक्छ।

कडा निमोनियाबारे जनचेतना र उपचारको पहुंच सर्वसाधारणको साथै दुर्गम समुदायमा पु(याउन जरुरी छ।निमोनियाका लक्षण
खोकी लाग्ने,
चाँडो–चाँडो श्वास फेर्ने,
कोखामा हान्न (श्वास फेर्दा छाती र करङको भाग धस्सिने)
श्वास फेर्न गाह्रो हुने,
खोकी लाग्ने,
दुध चुस्न नसक्ने आदि ।

निमोनियाबाट कसरी जोगिने ?
बच्चालाई जन्मेदेखि ६ महिनासम्म आमाको दुध मात्र खुवाउने गर्नुपर्छ। ६ महिनापछि अरु खानेकुरा जस्तै दुई वर्षसम्म स्तनपान गराउनुपर्छ । जसले गर्दा एक त बच्चाको पोषण पनि राम्रो हुन्छ। त्यो बाहेक स्तनपानले रोगसँग लड्ने क्षमता पनि बढ्छ । आमाको दुधमा पोषक तत्वबाहेक रोगसँग लड्ने क्षमता हुने चिकित्सकहरु बताउँछन्।

निमोनियमा बचाउन सफासँग हात पनि धुन चिकित्सक सुझाउँछन्। प्रदुषण बढेको छ। जताततै फोहोर नै फोहरै छ। हात नधोइकनै बच्चालाई समात्ने, बच्चालाई अंगालो हाल्ने काम गर्न नुहने डा राई बताउँछन् । यसो गर्दा हाम्रो हातमा किटाणु बच्चालाई पनि सर्न हुन्छ । सुरुमा हात धुने र त्यसपछि मात्रै बच्चा समात्ने गर्न चिकित्सक सल्लाह दिन्छन्।

सरकारले दिन सुझाएका सवै खोपहरु दिन चिकित्सकहरुको आग्रह छ। खोपहरु पनि निमोनियाबाट जोगाउने उनीहरु बताउँछन् । यसबाहेक खानपानमा ध्यान दिने, जे पायो त्यही बाहिरको खाना नदिने र निमोनिया केही संकेत देखिएमा नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा पुगेर जचाइहाल्न चिकित्सकहरु सुझाउँछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७