ठूला अस्पतालमै ‘ठगी’ !


२० पुष २०७४, बिहीबार
grandi

काठमाण्डौं : स्वास्थ्य मानिसका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । गाँस, बासको व्यवस्था मिलाउन पनि मानिस सबै भन्दा पहिला स्वस्थ हुन आवश्यक हुन्छ । यसैले त अहिले मानिस आफ्नो र परिवारको स्वास्थ्यप्रति सचेत बन्दै गईरहेका छन् ।bayodha

स्वास्थ्यप्रति मानिस सचेत बनिरहेका बेला, कतिपय स्वास्थ्य संस्थाहरु सेवा भन्दा कमाऊ भन्दाप्रति बढी लालायित बन्दै गईरहेको उदाहरणहरु समेत बेला–बेलामा सार्वजनिक हुने गरेका छन् । पछिल्लो समय सेवाका नाममा खुलेका राजधानीका ठूला र नाम चेलेका अस्पतालहरुले नै सर्वसाधारण ठग्ने गरेको तथ्य बाहिर आएको । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाण्डौंका ठूला अस्पतालहरुमध्येका बल्खुस्थित बयोधा हस्पिटल, धापासीको ग्राण्डी इन्टरनेशनल अस्पताल, बसुन्धाराको ईशान बाल तथा महिला अस्पताल र बाँसबारीस्थित नेशनल इन्टिच्युट अफ न्युरोलोजी एण्ड एलाइड साइन्सेज प्रा.लि.ले ठगी गरेको भन्दै अनुसन्धान गर्नका लागि काठमाण्डौं प्रहरीलाई पत्राचार गरेको छ ।

मंसिर अन्तिम साता विभागबाट गएको अनुगमन टोलीले उक्त अस्पतालहरुले विरामी ठग्ने गरेको तथ्य फेला पारेको भन्दै थप अनुसन्धान गरेर ‘ठगी’ धन्दा मुद्दा चलाउन महानगरीय प्रहरी परिसर काठमाण्डौंलाई पत्राचार गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डौं प्रमुख (एसएसपी) रवीन्द्र धानुकले विभागबाट करीब आधा दर्जन ठूला अस्पतालमाथि अनुसन्धान गर्न पत्र आएको पुष्टि गरेका छन् । एसएसपी धानुकले भने–‘केही ठूला अस्पतालले ठगी गरेको तथ्यसहितको पत्र पाएका छौं, त्यस्ता अस्पतालहरुमाथि अनुसन्धान शुरु भईसकेको छ । सेवाको नाममा ठगी हुनु हुँदैन भन्ने मान्यतामा हामी अनुसन्धानमा सक्रिय छौं ।’ isan

मंसिर २७ गते आपूर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका रमेश काजी श्रेष्ठ समेत भएको बजार अनुगमनका तथा निरीक्षण टोलीले काठमाण्डौंको गोल्फुटार बासबारीस्थित नेशनल इन्स्टिच्युट अफ न्युरोलोजी एण्ड एलाइड साइन्सेस प्रा.लिमा अनुगमन गरेको थियो । अनुगमन टोलीले उक्त अस्पतालले सर्भिस चार्जको रुपमा थप १० प्रतिशत रकम लिने गरेको फेला पारेपछि अस्पताल प्रशासनसँग बयान समेत लिएको विभाग स्रोतले जानकारी दिएको छ । अनुगमन टोलीले ‘१० प्रतिशत थप रकम के–कति कारणले जोडिएको हो ?’ भन्नेबारे ३ दिनभित्र लिखित कारण खुलाउन निर्देशन दिएको थियो ।

तर, तेस्रो दिन नेशनल इन्स्टिच्युट अफ न्युरोलोजी एण्ड एलाइड साइन्सेस प्रा.लि ले कारण खुलाउनुको साटो विभागलाई पत्र बुझाउँदै अनुगमन पश्चात १० प्रतिशत थप सेवा शुल्क लिन बन्द गरिएको जानकारी दिएको छ ।
यता बसुन्धारा स्थित ईशान बाल तथा महिला अस्पतालले बेड, बेड चार्ज डिलक्स गरी एकै शीर्षकमा २ पटक, गेटपास चार्ज, अपरेशन चार्ज, प्रक्रिया चार्ज, प्रि–एनेक्स चार्ज तथा विरामी कुरुवाको समेत भनि विभिन्न शुल्क लिएको देखिएको भन्दै प्रचलित कानुन अनुसार ठगी मुद्दामा अनुसन्धान गर्न विभागले काठमाण्डौं प्रहरीलाई पत्राचार गरेको छ । अस्पतालको छतमा ‘हेलिप्याड’ समेत भएको बयोधा अस्पताल र अर्को ठूलो अस्पताल ग्राण्डी इन्टरनेशनलमाथि अनुसन्धान शुरु गरिएको काठमाडौं प्रहरी प्रमुख (एसएसपी) रवीन्द्र धानुकले बताएका छन् ।
अस्पतालहरुले सर्वसाधरणमाथि गर्ने गरेको यस्तो ठगीको धन्दा तल्काल नियन्त्रण गर्नुपर्ने सर्वसाधरणको माग छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रका जिम्मेवार संस्था नै गैरजिम्मेवार बनेर सेवाको नाममा व्यापार गर्नु सर्वसाधरणमाथि अन्याय रहेको सर्वसाधरणको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७