अक्षय कुमारविरुद्ध प्रहरीमा उजुरी


२४ पुष २०७६, बिहीबार
akshya kumar help of farmers giv the rs lakh 56b80e77eee54

काठमाडौं, २४ पुस (एजेन्सी) । बलिउडका सुपरस्टार अभिनेता अक्षय कुमारविरुद्ध प्रहरीमा उजुरी परेको छ । आफूले खेलेको पछिल्लो विज्ञापनका कारण उनी समस्यामा परेका हुन् ।

विज्ञापनका कारण अभिनेता अक्षयविरुद्ध मुम्बइको बरली प्रहरी चौकीमा उजुरी दर्ता भएको छ । उनीमाथि मराठी समुदायको भावनामा चोट पुर्‍याएको आरोप लगाइएको छ । अक्षयले हालै एक लुगा धुने पाउडर (डिटरजेन्ट)को विज्ञापनमा अभिनय गरेका थिए ।

सो विज्ञापनमा उनी मराठी भूमिकामा देखिएका छन् । युद्धबाट फर्केका राजा र सेनाको स्वागत हुन्छ । त्यतिबेला एक योद्धाकी पत्नीले योद्धाको लुगा फोहोर भएको गुनासो गर्छिन् । त्यसपछि राजा र सेनाले आफ्नो लुगा धोइरहेको देखाइन्छ ।

विज्ञापनमा अक्षय राजाको रूपमा नाच्दै बाल्टिनमा लुगा धोइरहेको देखिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७