इरानले क्षेप्यास्त्र आक्रमण गरेको एरबिल शहरको विमानस्थल सुरक्षार्थ नेपाली शान्ति सेना

उच्च सतर्कता अपनाउन नेपाली सेनाको आग्रह


२४ पुष २०७६, बिहीबार
un mission mahila 2

काठमाडौं, २४ पुस । इरानले क्षेप्यास्त्र आक्रमण गरेको इराकको एरबिल शहरस्थित विमानस्थल सुरक्षार्थ नेपाली शान्ति सेनालाई खटाइएको छ । यसैबीच नेपाली सेनाले इरानमा रहेका नेपाली शान्ति सेनालाई उच्च सतर्कताका साथ काम गर्न आग्रह गरेको छ ।

इरानी सैनिक कमाण्डर कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि इरानले इराकका अमेरिकी सैन्य इलाका एरबिल र अल–असद (पश्चिम बगदाद) लाई लक्षित गर्दै क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

हाल नेपाली शान्ति सेना इराकका इरबिल र किरकुक शहरमा तैनाथ छन् । नेपाली शान्ति सेनाले एरबिल विमानस्थलको बाहिरी क्षेत्रमा सुरक्षा दिने काम गर्दै आएको छ । एरबिलमा रहेको विमानस्थलको प्यारामिटर सुरक्षामा नेपाली सेना खटिएको छ । हालसम्म नेपाली शान्ति सेना सुरक्षित रहेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिएका छन् ।

सेनाको मिसन मुख्यालय र शान्ति सेना सञ्चालन निर्देशनालयको सम्पर्कमा रहिरहन उनीहरुलाई निर्देशन दिइएको पाण्डेले जानकारी दिएका छन् । इराकमा कुल ७७ नेपाली शान्ति सैनिकका रुपमा कार्यरत छन् ।

इराकमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन
नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ ।

अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

सेनाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेको पनि उल्लेख गरेको छ ।

 शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन निर्देशन दिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

sena

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७