रकम हिनामिनाको आरोपमा सेनाका सहायक रथीमाथि कोर्ट मार्सल


२० पुष २०७४, बिहीबार
rames bista 1513653989

काठमाण्डौ : बैंकको ३३ लाख रुपैंयाँ हिनामिना गरेको आरोपमा नेपाली सेनाका वहालवाला सहायक रथी रमेश विष्टमाथि सेनाको कोर्ट मार्सल कार्वाही शुरु भएको छ ।dipika

बैंकको न्युरोड शाखाबाट हिनामिना गरिएको करीब पाँच करोडमध्ये ३३ लाख रुपैंयाँ सहायक रथी विष्टको बैंक खातामा पाइएपछि उनीमाथि अनुसन्धान थालिएको हो । विष्टलाई सेनाले पक्राउ गरी कोर्ट मार्सल शुरू गरेको जनाएको छ । उनलाई उपत्यका पृतना नारायणहिटीमा राखेर अनुसन्धान थालिएको सैनिक स्रोतले जानकारी दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख डिआइजी पुष्कर कार्कीले बैंकबाट हिनामिना भएकोमध्ये ३३ लाख सहायक रथी विष्टको खातामा भेटिएको जानकारी दिएका छन् । ‘कृषि विकास बैंक न्युरोड शाखाबाट हिनामिना भएको रकममध्ये केही सहायक रथी विष्टको बैंक खातामा भेटिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ उनी बताउँछन् ।

बैंकको मौज्दात रकम करीब चार करोड ९१ लाख रुपैयाँ हिनामिना गर्न संलग्न कृषि विकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नता देखिएको भन्दै नेपाल राष्ट्र बैंकको पत्रको जाहेरीको आधारमा ब्यूरोको टोलीले काठमाण्डौंका विभिन्न ठाउँबाट रेग्मीसहित तीन जनालाई पक्राउ गरेको छ । नेपाली सेनाका सहायक रथीको संलग्नतामा कृषि विकास बैंकमा ठगी भएको रहस्य खुलेको हो । बैंकमा ठगी भएको रकम सहायक रथी डा. रमेश विष्टको खातामा जम्मा भएको देखिएपछि उनी पनि शंकाको घेरामा परेका हुन् । विष्ट वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा कार्यरत छन् । बैंकको कर्मचारीको मिलेमतोमा कृषि विकास बैंक लिमिटेड काठमाण्डौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट भएको ठगीको रकममध्ये ठूलो रकम विष्टको खातामा भेटिएको हो ।

प्रहरीका अनुसार घटना मुख्य योजनाकार नागार्जुन– १ की ३२ वर्षीया दिपिका रेग्मी हुन् । उनी बैँकमा सहायक ट्रेलरका रूपमा कार्यरत थिइन् । घटनामा संलग्न काठमाण्डौं– ३२ का प्रेमहरि ढुङ्गेल, टोखा–८ का गोपाल गिरी, चन्द्रागिरी–५ का महेश्वर मरहट्ठा, काठमाण्डौं–१६ का प्रकाश घतानी र काठमाण्डौं–३२ का रमेशकुमार थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाईसकेको छ । प्रहरीका अनुसार उनीहरूले विभिन्न बैंक तथा व्यक्तिबाट चेकमार्फत जम्मा गरिएको रकम पेन्डिङ देखाई आपसमा बाँडेका थिए । यसका लागि उनीहरूले पहिलो चरणमा ग्राहकबाट जम्मा भएको चेक ग्राहककै बैंक खातामा जम्मा गरिदिन्थे । प्रमाणका रूपमा रिसिप पेपर पनि दिन्थे । तर, सो रकम दिपिका रेग्मी वा उनको आफन्तको बैंक खातामा जम्मा गर्थे । पक्राउ परेका रेग्मीसहित सबैलाई बैंकिङ कसुर ऐन अन्तर्गत मुद्दा चलाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७