सिटी एक्सप्रेसबाट २५ हजार रुपैयाँ पठाउँदा जागेश्वरले जिते १० लाख


२४ पुष २०७६, बिहीबार

काठमाडौं, २४ पुस । सिटी एक्सप्रेसको लखपति एक्सप्रेस २०७६ ‘न यति न उति सिधै लखपति योजना’अन्तर्गत जागेश्वर भुस्कुलिया यादवले दश लाख रुपैयाँ उपहार पाएका छन।

साउदी अरबकमा कार्यरत उनले अरब नेशनल बैंक – टेलिमनी बाट पैसा पठाई बम्पर उपहार १० लाख रुपैयाँ उपहार जितेका हुन। सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा एक समारोहविच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डन द्वारा सिस्ट्ममा आधारित लक्की ड्र मार्फत उक्त विजेता घोषणा गरिएको हो।

यस उपहार योजना अवधिभर हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९०० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १२ जना विजेताले रु १०,००० नगद र ३ जनाले १००,००० नगद प्राप्त गरिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेसको लखपति एक्सप्रेस २०७६ ‘न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा रु १०,००० तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले रु १००,००० र अन्त्यमा एक जना भाग्यशाली विजेताले रु १०,००,००० बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो उपभोक्ताहरुका लागि दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस लखपति एक्सप्रेस २०७६ न यति न उति सिधै लखपति योजनाको आयोजना गरेको थियो

यो योजना असोज १ गते देखि मंसिर ३० गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।


सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७