एनआइसी एशिया बैंकको ‘सपोर्ट सेवा’ २४सैं घण्टा संचालनमा


२४ पुष २०७६, बिहीबार
nic

काठमाडौं, २४ पुस । एनआइसी एशिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको ल्याएको छ । यस सुविधाअनुसार बैंकले ग्राहकको गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने छ ।

सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइटwww.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०-०१-७७७७१ मा सम्पर्क गरी वा [email protected]  मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्नेछन् ।

आफ्ना ग्राहकलाई कुनै पनि सहायता दिनका लागि बैंकले वर्षभरी नै सपोर्ट सेवा दिन लागेको बैंकले जनाएको छ । बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७