हप्ताभरिमा ४ अर्ब २२ करोडको कारोबार, ४६ अंकले बढ्यो सूचक


२४ पुष २०७६, बिहीबार
nepal stock

काठमाडौं, पुस २४ । साताको अन्तिम दिन शेयर सूचक बढेर बन्द भएको छ। बुधबार ७ अंकले घटेको सूचक बिहीबार ३.५१ अंकले बढेर १२१३.११ अंकमा पुगेको छ। यो हप्ता बुधबार बाहेक सबै दिन सूचक सकारात्मक देखियो।

हप्ता भरिमा सूचक ४६.९ अंकले बढेको छ भने ४ अर्ब २२ करोड ५५ लाख ६२ हजारको कारोबार भयो। गत मंगलबार सबैभन्दा बढी १ अर्ब १० करोड २७ लाखको कारोबार भएको थियो। बिहीबार भने १ सय ७७ कम्पनीको ८३ करोड ७० लाख ३५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो।

साताको अन्तिम दिन लघुवित्त कम्पनीहरुमा लगानीकर्ता आकर्षित भएको देखियो। आज लघुवित्तको सूचक ३.४९ प्रतिशतले बढेको छ। सबैभन्दा बढी कारोबार हुने १० कम्पनीको सुचीमा ५ वटा लघुवित्तहरु परेका छन्।


आज ४ लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, स्वाभिमान लघुवित्त, समता माइक्रोफाइनान्स र घोडीघोडा लघुवित्तको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो।


यस्तै अन्य उपसूचकहरुमा निर्जीवन बीमाको शेयर सूचक ९५.४१, जीवन बिमाको शेयर १९.१२, विकास बैंकको ६.७९ र व्यापारको ४.२५ अंकले बढ्दा बाँकी सबै सूचक ओरालो लागेका छन्।

आज सबैभन्दा बढी उत्पादन उपसूचक १०.५१ अंकले घटेको छ भने होटल उपसूचक पनि ६.३९ अंकले घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिभिल बैंकको संस्थापक शेयर शिर्ष स्थानमा रह्यो। सिभिलको बैंकको २० करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो।

यस दिन ग्रामीण विकास बैंक २ करोड ४० लाख र डिप्रोक्स लघुवित्तको २ करोड २९ लाखको कारोबार भयो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७