यसरी गर्ने लोकसेवाकोे तयारी


२५ पुष २०७६, शुक्रबार
loksewa e1511330625587

काठमाडौं, २५ पुस । सरकारी जागिरमा युवा आकर्षण पछिल्लो समयमा झनै बढ्दो छ । सरकारी सेवा तथा प्रशासनिक क्षेत्रमा प्रवेश गर्नका लागि लोकसेवा आयोग उत्तीर्ण गर्नुपर्छ । विभिन्न शीर्षकमा पदपूर्ति गर्न सरकारले प्रत्येक वर्ष दरखास्त आह्वान गर्दै आएको छ । लोकसेवा परीक्षा मिहिनेतका साथ पढ्ने हो भने सजिलै पास गर्न सकिन्छ ।

पढ्ने कसरी ?

सर्वप्रथम त विद्यार्थीमा आत्मविश्वास हुन जरुरी छ । कुनै एउटा विषयमा लक्षित गरेर पढ्नुहोस् । अधिकांश विद्यार्थीले एकभन्दा बढी आवेदन दिने हुँदा कसलाई कति समय दिने भन्नेमा नै अल्मलिइरहेका हुन्छन् । तसर्थ, कुनै निश्चित लक्ष्य लिएर पढ्नुहोस् ।

लोकसेवा परीक्षामा राम्रो अंक ल्याउन धेरै विषयवस्तुको ज्ञान हुन आवश्यक छ । सम्बन्धित पुस्तकबाहेक वार्षिक प्रतिवेदन, प्रशासनिक क्षेत्रसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका र इन्टरनेटको प्रयोग गर्न सकिन्छ ।

poshraj khanal
पोषराज खनाल, (अधिकृत) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
लामो समयसम्म एउटै विषयवस्तु घोकेर बस्नुहुँदैन । दिनभरि किताब हेरेर समय बिताउनुभन्दा छोटो समय पढ्नु राम्रो हुन्छ । तथ्यांक र चित्रसँग जोडेर पढ्दा स्मरण रहन्छ ।

इतिहास, मिति, परिभाषा र तथ्यांक पढ्दा दैनिक क्रियाकलापसँग जोडेर फर्मुला बनाउनुपर्छ । पढेको कुरालाई बेलुका पुनरावलोकन गर्नुपर्छ । विषयवस्तु एक–अर्कासँग जोडेर पढ्दा पछिसम्म याद रहिरहने हुन्छ । कुनै एउटा तथ्यांक अर्को सम्बन्धित तथ्यांकसँग जोड्दा ज्ञानको दायरा बढ्दै जान्छ ।

लोकसेवा परीक्षामा राम्रो अंक ल्याउन धेरै विषयवस्तुको ज्ञान हुन आवश्यक छ । सम्बन्धित पुस्तकबाहेक वार्षिक प्रतिवेदन, प्रशासनिक क्षेत्रसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका र इन्टरनेटको प्रयोग गर्न सकिन्छ ।

केही कुरा पढेरभन्दा लेखेर बढी स्मरण गर्न सकिन्छ । तसर्थ आफूले पढेको विषयवस्तु लोकसेवाको उत्तर शैलीमा लेख्ने अभ्यास गनुपर्छ । मुख्य शब्दलाई लक्षित गर्नुपर्छ । शब्द स्मरण गर्न सजिलो हुने भएकाले छोटो समयमै परीक्षाको तयारी गर्न सकिन्छ ।

कुनै विषयवस्तु पढ्दा सबल र दुर्बल पक्ष सँगसँगै पढ्नुपर्छ । यसरी पढ्दा कम समयमै धेरै विषयमा पूर्ण अध्ययन गर्न सहज हुन्छ ।

कसरी लेख्ने ?

लोकसेवाको परीक्षा दिँदा आत्तिनुहँुदैन । किनकि, यो पनि अन्यजस्तै सामान्य परीक्षा हो । परीक्षा दिन जाँदा पास गर्छु भन्ने आत्मविश्वास लिएर जानुपर्छ ।

जाँचकले छोटो र तर्कयुक्त उत्तरलाई प्राथमिकता दिने गर्छ । तसर्थ, सकेसम्म सटिक उत्तर लेख्नुपर्छ ।

इतिहास, तथ्यांक, परिभाषा र उदाहरण जोडेर सिलसिलाबद्ध रूपमा लेख्नुपर्छ । उत्तरको सुरुवात र अन्त्य तथ्यांक तथा उदाहरणमा लक्षित गर्नुपर्छ ।

सीमित समयमा लेख्नुपर्ने विषय विषय धेरै हुन्छ । यसले गर्दा, परीक्षामा समय व्यवस्थापन चुनौतीको विषय बन्ने गर्छ । उत्तर जान्दाजान्दै पनि समय व्यवस्थापन गर्न नसक्दा कतिपय परीक्षार्थी असफल भइरहेका हुन्छन् । तसर्थ, परीक्षाको सुरुवातीदैखि नै समय व्यवस्थापनमा ध्यान दिनुहोस् ।

-नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७