बार्सिलोना एटलेटिकोसँग स्तब्ध


२५ पुष २०७६, शुक्रबार
barcelona

काठमाडौं, २५ पुस (एजेन्सी) । बार्सिलोनालाई बिहीबार राति ३–२ ले स्तब्ध पार्दै एटलेटिको स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ । पछाडि रहेको स्थितिबाट फर्केको एटलेटिकोले अब फाइनलमा रियल म्याड्रिडको सामना गर्नेछ ।

खेल सकिन नौ मिनेट अगाडिसम्म बार्सिलोना २–१ ले अगाडि थियो र अब उपाधिको भिडन्त रियलविरुद्ध हुने तय देखिएको थियो । तर अब साउदी अरेबियामा भइरहेको प्रतियोगिताको फाइनल म्याड्र्रिड डर्बी हुने भएको छ ।

खेलमा सबै पाँच गोल नाटकीय रुपमा दोस्रो हाफमा भएका थिए । कोकेले एटलेटिकोलाई सुरुआती अग्रता दिलाएयता बार्सिलोनाका लागि लियोनल मेसी र एन्टोन ग्रिजमनले गोल गरे ।

त्यसयता एटलेटिकोका तर्फबाट अल्भारो मोराटाले पेनाल्टीबाट बराबरी गोल गरे भने एन्जेल कोरेआले ८६ औं मिनेटमा निर्णायक गोल गरे । यसबीच बार्सिलोनाका दुई गोल भारले रद्द गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७