प्रदेश-३ को नाम बागमती र राजधानी हेटौंडा रहने निर्णय, सचिवालयकै निर्देशन पालना


२५ पुष २०७६, शुक्रबार
state 3

हेटौंडा, २५ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–३ को संसदीय दलले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

शुक्रबारको दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार औपचारिक निर्णय गरेको सांसद दीपक निरौलाले जानकारी दिएका छन् । प्रदेशसभामा यससम्बन्धी मतदान हुनुभन्दा अघि सांसदहरुलाई यससम्बन्धमा ह्विप जारी गरिने निरौलाले बताएका छन् ।

‘संसदीय दलको निर्णयअनुसार मतदानमा सहभागी हुने निर्णय गरेको छ,’ उनले भने, ‘यो प्रस्तावको पक्षमा मतदान गर्न पार्टीले ह्विप जारी गर्छ ।’ असन्तुष्ट सांसदहरुले यस विषयमा नोट अफ डिसेन्ट लेख्ने तर, पार्टी निर्णय स्वीकार्ने भएका छन् ।

‘साहसपूर्ण असहमतिका बाबजुद पार्टीले निर्णय गर्‍यो । यसमा हामीले असहमति दर्ज गर्दैछौं,’ दोलखाका सांसद विशाल खड्का भन्छन्, ‘अदूरदर्शी र अवैज्ञानिक निर्णयप्रति असहमति दर्ता गरेर पार्टी निर्णय स्वीकार्छौ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७