मन्त्री ढकाल र बास्कोटालाई थपियो मन्त्रालयको जिम्मेवारी


२५ पुष २०७६, शुक्रबार
baskota

काठमाडौं, पुस २५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले थप मन्त्रालयको जिम्मेवारी पाएका छन्।


राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालय सम्हाल्नुअघि ढकालले कानुन मन्त्रालय सम्हालेका थिए। पछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

गत पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेपछि समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए ।

प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बास्कोटालाई उक्त जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७