उत्तर र दक्षिण कोरियाको सम्बन्ध सुधार हुँदै, राष्ट्रसंघीय महासचिवद्वारा स्वागत


२० पुष २०७४, बिहीबार
Moon JIe in and Kim Jong un

संयुक्त राष्ट्रसंघ : उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको हटलाइन टेलिफोन सेवाको पुनः सुरुवात भएकोमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बुधबार स्वागत गरेका छन् । Moon JIe in and Kim Jong un
उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा दुई बर्ष अघि बन्द गरिएको उक्त सेवा बुधबार अपराह्नबाट पुनः सुरु भएको समाचारमा जनाइएको छ । सो सेवाको सुरुवात गरेपछि दक्षिण कोरियाले बुधबार स्थानीय समयाअनुसार अपराह्न ३ः३० बजे गरेको फोन उत्तर कोरियाले उठाएको (बिरसिभ गरेका) थियो ।
दुई कोरियाबीच हुने वार्ता आगामी दिनमा सकारात्मक हुने गुथ्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उत्तर कोरियाली नेता उनले दक्षिण कोरियाद्वारा प्रस्ताव गरिएको ग्रीश्मकालीन ओलम्पिक खेलकूदमा सहभागिता जनाउने भनी गरेको सम्बोधनको दक्षिण कोरियाले स्वागत गरेको थियो ।
सोही कारणले पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा सुधार आएको छ । यस अघि नै दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गरेको थियो ।
महासचिव गुथ्रेसका प्रवक्ता फरहान हकले भने, ‘यी दुई देशको वार्ता सुरु भएको कुरा अत्यन्तै सकारात्मक छ र यसले आगामी दिनमा राम्रो परिणाम दिने अपेक्षा पनि गरिएको छ ।’
नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा गरेको सम्बोधनमा दक्षिण कोरियाले प्रस्ताव गरेको अन्तर कोरियाली खेलकूदमा सहभागिता जनाउने धारणा सार्वजनिक गरेकोे थियो ।
दक्षिण कोरियाको आयोजनामा हुन लागेको उक्त खेलकुदमा आफूहरु पनि सहभागी हुने धारणा उत्तर कोरियाली नेता किमले सार्वजनिक गरेको हो ।

त्यसैगरी नेता किमले गरेको सम्बोधनका क्रममा दक्षिण कोरियाली सरकारद्वारा गरिएको उत्तरसँगको वार्ताको प्रस्तावको पनि स्वागत गरिएको छ । दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि सकारात्मक रुपमा लिएको भन्दै सो वार्तामा हामी सहभागी हुने कुरा उत्तर कोरियाले बताएपछि यी दुई देशको सम्बन्धमा सकारात्मक विकास भएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि सो खेलकूदको तयारीलाई थप अघि बढाउने निर्देशन पनि दिएको थियो ।

त्यसैगरी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि उत्तरले स्वीकार गरेको छ । दक्षिण कोरियाले आगामी फेब्रुअरी महिनामा द्विपक्षीय वार्ताको आह्वान गरेको थियो । सो वार्ताको बारेमा उत्तरले केही बोलेको थिएन । तर यो सम्बोधनमा सो वार्तामा सहभागी हुने बताएपछि भने दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७