गुणस्तरीय शिक्षाका लागि शाङ्करी स्कुलको योगदान महत्वपूर्ण : मन्त्री गुरुङ


२६ पुष २०७६, शनिबार
parbat

काठमाडौं, २६ पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गुणस्तरीय शिक्षाका लागि शाङ्करी स्कूलको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

शाङ्करी स्कुलको छैठौं अभिभावक दिवसको उद्घाटन गर्दै मन्त्री गुरुङले नेपालको शैक्षिक क्षेत्रको गुणस्तर उकास्नका लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान गरेको बताएका हुन् । गुणस्तरीय शिक्षा पाउनु हरेक बालबालिकाको नैसर्गिक अधिकार भएको भन्दै उनले सबै किसिमका बालबालिकाको अधिकार सुनिश्चित गर्न बालबालिबा ऐन संशोधन गर्ने तयारीमा सरकार रहेको जानकारी दिए ।

बालबालिकाको उज्वल भविष्यबाट मात्र मुलुकको सर्वाङ्गिण विकास सम्भव हुने भन्दै मन्त्री गुरुङले शिक्षा क्षेत्रमा योगदान दिएका सबैलाई सरकारले समान रुपमा हेर्ने समेत बताए । समृद्ध नेपाल, सुशी नेपालीको अभियानका साथ अघि बढेको सरकारले महिला, बालबालिका र जेष्ठ नागरिकको अधिकार र सम्मानका लागि यथोचित कदम चाल्ने समेत उनले बताए ।

स्कुलका अध्यक्ष तथा सीइओ विदुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवन्ध निर्देशक अनन्त बाबु राईले शाङ्करी गुणस्तरीय मात्र नभई व्यवहारिक शिक्षामा जोड दिइरहेको बताए । काठमाडौंको प्रज्ञा भवनको मुख्य हलमा खचाखच अभिभावकको उपस्थितिमा कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७