‘प्रदेश-३ को स्थायी राजधानी र नामकरण मतदान प्रक्रियाबाट हुन्छ’


२६ पुष २०७६, शनिबार
Dm Paudel

हेटौंडा, २६ पुस । प्रदेश नं. ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय मतदान प्रक्रियाबाट निर्णय गरिने बताएका छन् ।

उनले प्रदेशसभाको आइतबार बिहान ९ बजेदेखि बस्ने बैठकबाट प्रदेशको स्थायी राजधानी र नामकरणको निर्णय मतदान प्रक्रियाबाट गरिने जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं. ३ को राजधानी हेटौंडा राख्ने सम्बन्धमा प्रस्तुत प्रस्तावमाथि प्रदेशसभाका सदस्यले उठाएको जिज्ञासावारेमा जवाफ दिने कार्यसूची रहेको नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए ।

उक्त प्रस्तावका प्रस्तावक मुख्यमन्त्री पौडेल र समर्थक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ रहेका छन् ।

प्रदेशसभामा कूल ११० सदस्यमध्ये नेकपाको ८०, नेपाली कांग्रेसको २२, विवेकशील साझा पार्टीको तीन, नेपाल मजदूर पार्टीको दुई, राप्रपा संयुक्तको एक, राप्रपाको एक र एक जना स्वतन्त्र छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७