२०७६ पुस २७ गते आइतबारको तपाईको राशिफल


२७ पुष २०७६, आईतवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सौन्दर्यतामा खर्च पनि बढ्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
वित्तीय संस्थाबाट सहयोग पाइने छ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । मान प्रतिष्ठामा बृद्धि होला । सामाजिक कार्यमा मन जाला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक उल्झनमा परी आँटेको काम विग्रनेछ । स्वास्थ्यमा समस्या आउँला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्ने छ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । व्यापार व्यवसायमा पनि फाइदा होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज बन्न लागेको काम विग्रिने छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकायको भय पनि उत्तिकै रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शुभकार्यको चर्चा चल्ने छ । वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दैनिक कार्यमा पनि प्रगती हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक कृत्यको योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउँला । सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्य अघि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
अनुहारमा कान्ति र मनमा शान्ति छाउँला । आफन्तको प्रगतिमा मन रमाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज भाग्यले विभिन्न अवसर जुराउने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७