५० हजार लिएर दिलीपको हत्या, चार जना पक्राउ


२७ पुष २०७६, आईतवार
dilip

जनकपुर, २७ पुस । क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्ने दिलीप (ओमप्रकाश) महतोको पेलेर हत्या गर्न लगाएको रहस्य खुलेको छ ।

मिथिला नपा ५ श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको थियो । चुरियामाई बालुवा प्रशोधन उद्योगका मालिक विपिन महतोले दिलीपको हत्या गराएको स्रोतको दाबी छ ।

dilip hatya aropi 2IKPn5bNuI

उत्खनन रोक्न गएका दिलीपलाई क्रसरधनी विपीन, लोडर चालक महोतरी बर्दिबास नप–१२ का जितेन्द्रकुमार, बर्दिबास–९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी रोशन यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए ।

टिपरले किच्नुअघि वीपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए । कुटाइबाट गम्भीर घाइते दिलीपको हत्या गर्ने योजना खोलामै बनेको थियो । योजना बने अनुरुप नै टिपर चालकले दिलीपमाथि टिपर चलाएका थिए । किचेर हत्या गराउन क्रसरधनी विपीनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए । अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७