निजीलाई जोगाएर मन्दिरको जग्गा अतिक्रमण, मेयरले मिचाए जानकी मन्दिरको जग्गा


२७ पुष २०७६, आईतवार
210 Shares
janaki mandir jagga 20200112014651

जनकपुर, २७ पुस । सडक विस्तार गर्दा बीचबाट बराबर पर्ने गरी दुवैतिरका जग्गा लिइन्छ । उपमहानगरपालिकाले रामजानकी मन्दिरमाथि भने घोर अन्याय गरेको छ–अर्कातिरका निजी घर जोगाई मन्दिरकै जग्गा मात्र काटेर ।

अतिक्रमणको चपेटामा परेको प्रसिद्ध यो मन्दिर सरकारी निकायबाट जोगाउनुको साटो उल्टै अतिक्रिमित भएको छ । त्यसलाई लिएर नागरिक समुदाय आन्दोलित भएको छ । मेयर लालकिशोर साहले पूर्वतर्फ बनाइएका निजी घर नभत्काई जानकी मन्दिरकै मात्र जग्गा कटाउन निर्देशन दिएको कर्मचारीले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

एकातिर मात्र काट्दा मन्दिरको ४ धुर १ कनमा जमिन बाटोमा गएको छ । जनकपुरको मुटु मानिने जानकी मन्दिर क्षेत्रमा जग्गाको चलनचल्तीको मोल प्रतिधुर २ करोडभन्दा बढी छ । निजी व्यक्तिबाट ‘प्रलोभनमा परेर’ उपमहानगरले करोडौंको जग्गा मन्दिरतर्फ मात्र प्रयोग गरेको हो ।

जनकपुरधाम ३ मा पर्ने मन्दिरको सिट नम्बर १३५५–२४ को कित्ता नम्बर ८ को साविक क्षेत्रफल ३ कठ्ठा १० धुर छ । सडक विस्तारबाट बगैंचाको बीचमा ०.७० मिटर चौडाइ पूर्व दक्षिण कुनामा ३ मिटर तथा पूर्वउत्तरको कुनामा ४.८८ मिटर कटाइएको हो। जानकी मन्दिर ५ बिघामा फैलिएको छ ।

jagdamba.cement
rbbbb

‘पूर्वपट्टि रहेका निजी घरतर्फ ८ फिटजति जग्गा लिए मात्र दुवैतर्फ बराबर हुने थियो’, नागरिक समाजका अगुवा मुरली मनोहर मिश्र भन्छन्, ‘तिनलाई जोगाउन मन्दिरको जग्गा अतिक्रमण गरियो ।’ नगरपालिकाले मन्दिरको पर्खाल भत्काएर जग्गा काटी नयाँ पर्खाल लगाएको छ । विश्वसम्पदामा सूचीकृत गराउन प्रयास भइरहेको मन्दिर रक्षकबाटै अतिक्रमणमा परेको हो ।

मन्दिर रहेको वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र साह स्वयं उपमहानगरबाट भएको नापीमा गल्ती गरिएको बताउँछन् । ‘सडक विस्तारका लागि प्रथम चरणकै नापीमा गल्ती गरिएको थियो’, उनले भने, ‘१६ फिटजति मन्दिरको फूलबारी तोडेर त्यहाँका घरधनीलाई जोगाउन योजना बनाइयो । दुवैतिर ८–८ फिट लिनुपथ्र्यो ।’

मेयर साह भने बाटोबारे निर्णय गर्ने सर्वाधिकार वडालाई भएको बताउँछन् । ‘जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउन हामीले सबैभन्दा बढी पहल गरिरहेका छौं । त्यस क्षेत्रमा बाटो विस्तार हुँदा मन्दिरको जग्गा मिच्ने वा अन्य कुनै काम भएकोबारे मलाई जानकारी छैन’, मेयर साहले भने, ‘त्यसमा पनि प्रत्येक वडामा बाटो छुट्याउने जिम्मा सम्बन्धित वडाध्यक्षलाई नै हुन्छ । यो उपमहानगरपालिकासँग सम्बन्धित विषय नै होइन ।’

नापी कार्यालय पनि मन्दिरको जमिन एकोहोरो मिचाइमा परेको निचोडमा छ । उसले यसमा ३ पटक नापी गरिसकेको छ । र, अतिक्रमणसम्बन्धी चिनो लगाइएको नापी कार्यालय धनुषाका टोली प्रमुख राजेन्द्र साहले बताए । ‘सासिकको नक्सालाई आधार मानेर बाटो छुट्याउनुपर्दा दुवै तर्फबाट आधा–आधा लिनुपर्छ। पूर्वतर्फका घर तोड्नुपर्छ भनेर जोगाउन मिल्दैन’, उनले भने ।

जानकी मन्दिरको जग्गा सुनियोजित रूपमा खुम्च्याउने काम भएको भन्दै स्थानीयले विरोध गरेपछि जिल्ला प्रशासनले नापी टोली खटाएको थियो । तेस्रो चरणको नापीका लागि टोली पठाउँदा उपमहानगरपालिकाको ठाडो हस्तक्षेप भयो । उक्त दिन पुस २१ गते टोलीलाई सहयोग गर्न उपमहानगरपालिकालाई अमिनसहित पठाइदिन पत्राचार गरिएको थियो । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७