इरानले युक्रेनी विमान खसालिएको स्वीकारेपछि विरोधमा उत्रिए नागरिक


२७ पुष २०७६, आईतवार
287 Shares
452636 01 02 scaled

काठमाडौं, २७ पुस । इरानको सेनाले भूलवश युक्रेनी ‘बोइङ ७३७’ विमान खसालिएको शनिबार स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।

विज्ञप्ति जारी गरी इरानी सेनाले मानवीय त्रुटिका कारण इरानको रिभोलुसनरी गार्ड रहेको संवेदनशील क्षेत्रनजिक उडेको विमान खसालिएको जनाएको हो । मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमान दुर्घटना गराएको भन्दै विज्ञप्तिमा घटनामा संलग्नलाई कारबाही गरिने उल्लेख गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

इरानका राष्ट्रपति हसन रूहानीले घटनालाई ठूलो विपत्ति र अक्षम्य गल्ती भन्दै घटनामा संलग्नलाई कारबाही गर्न अनुसन्धान भइरहेको बताएका छन् । दुर्घटनामा विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको थियो ।

यसअघि, इरानले तेहराननजिक भएको उक्त दुर्घटना आफ्नो क्षेप्यास्त्र प्रहारका कारण खसालेको अस्वीकार गरेको थियो । तर, सम्भवत त्रुटिवश विमानमा इरानी क्षेप्यास्त्र प्रहार गरिएको प्रमाण आफूसँग रहेको अमेरिका र क्यानडाले दाबी गरेपछि इरान दबाबमा परेको थियो ।

jagdamba.cement
rbbbb

इरानले दुर्घटनाको विस्तृत अनुसन्धान गर्ने जनाएको छ । इरानले इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो ।
तेहरानबाट युक्रेनको राजधानी कियभ हुँदै टोरन्टोका लागि उडेको विमान दुर्घटनापछि तेहरानस्थित युक्रेनी दूतावासले सुरुमा इन्जिनमा समस्या देखिएको जनाएको थियो ।

इरानले विमान अप्रत्यासित रुपमा संवेदनशील सैन्य अखडातर्फ टर्न गरेको जनाएको छ । इरानले विमान क्र्यासको लागि प्राविधिक गडबडीलाई जिम्मेवार भएको जनाएको थियो । इरानको सेनाले आफ्नो भनाइ राख्दै भनेको छ, ‘विमान रिभोलुसनरी गार्डसको कोर अखडाको नजिक आएको थियो र यो अवस्थामा मानवीय भूल हुन गयो । यसैले विमानलाई खसालियो ।’

रिभोलुसनरी गार्डले आफ्नो वक्तव्यमा भनेको छ, ‘यसमा जसको गल्ती हुन्छ उसलाई कानुनी कारवाही गरिनेछ । सेनाले सबै आम्र्ड फोर्सेजको अपरेसनमा व्यापक सुधार गर्नेछ ताकि आगामी दिनमा यस्तो गल्ती नहोस् ।’ इरानलाई सो विमान दुर्घटनाका बारेमा जिम्मेवार ठहर्‍याउने अन्तर्राष्ट्रिय माहोल बढ्दै गएपछि इरान आफैंले दुर्घटना आफ्नै गल्तीले भएको स्वीकार गरेको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७