प्रदेश ३ को राजधानी हेटौंडा कायम, पक्षमा दुई तिहाइ मत


२७ पुष २०७६, आईतवार
pradesh 3

हेटौंडा, २७ पुस । प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम रहने प्रस्ताव पारित भएको हो ।

आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा जम्मा १०४ जना उपस्थित सांसदमध्ये नेपाल कम्युनिस्ट पार्टी, नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त र राष्ट्रिय प्रजातन्त्र पार्टीका १०१ सांसद्हरूले हेटौँडाको पक्षमा मतदान गरे । विपक्षमा तीन मत आएको थियो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले संयुक्त प्रस्ताव पेश गर्दै हेटौंडा राजधानी राख्ने पक्षमा मतदान गरेका थिए । विवेकशील पार्टीका सांसदहरू रमेश पौडेल, बिराजभक्त श्रेष्ठ र शोभा शाक्यले विपक्षमा मतदान गरे।

यसअघि विवेकशील नेपाली दल र साझा पार्टीले धुलिखेल राजधानी राख्नुपर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई प्रदेशसभा बैठकले अस्वीकृत गरिदियो । ।

नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसको संसदीय दलले राजधानी हेटौंडा तथा नाम बागमती राख्ने निर्णय गरेका थिए ।
प्रदेशको नाम बागमती राख्न प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दल सहमत छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले यसअघि नाम र राजधानीबारे निर्णय गरेको थियो ।
त्यहीँ निर्णयलाई प्रदेशसभा संसदीय दलले सदर गर्दै प्रदेशसभामा पेस गरेको थियो ।

सत्तारूढ दलले पेश गरेकाे प्रस्तावमा प्रमुख विपक्षी नेपाली कांग्रेसँगै राप्रपा, राप्रपा संयुक्त र नेमकिपाले पनि समर्थन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७