पर्यटनमन्त्री भट्टराईद्वारा त्रिभुवन विमानस्थलको आकस्मिक अनुगमन २० तस्बिरमा

काठमाडौं, २७ पुस । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमन गरेका छन् ।
मन्त्री भट्टराईले शनिबार आकस्मिक रुपमा मुख्य गरी त्रिभुवन बिमानस्थल पुगि अनुगमन गरेका हुन् । मन्त्री भट्टराईले विमानस्थलका एक दर्जन शौचालयहरु सरसफाइका बारेमा समेत जानकारी लिएका छन् । बिमानस्थलभित्रको शौचालय फोहर हुने गरेको गुनासो आएपछि मन्त्री भट्टराई अष्ट्रलियबाट फर्के लगाततै बिमानस्थल अनुगमनमा पुगेका हुन् ।
मन्त्रीको अनुगमनका क्रममा विमानस्थलको शौचालयमा टिस्यु पेपर नभएको, ड्रयाकर मेशिन बिग्रिएको अवस्थामा भेटिएपछि मन्त्री भट्टराईले आवश्यक सामग्री चुस्त हालगतमा राख्न निर्देशन समेत दिएका छन् । उनले विमानस्थल विदेशी पर्यटकको जमघट भइरहने थलो र राष्ट्रको सभ्यतासँग जोडिने ठाउँ भएकाले विमानस्थलको सरसफाइले विशेष महत्व राख्ने बताए ।
मन्त्री भट्टराईले विमानस्थलको फोहर रहने गरेको गुनासो आउनु लज्जाको विषय हुने भएकाले तत्काल यसतर्फ ध्यान दिन नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख राजन पोखरेलको ध्यानाकर्षण गराएका छन् । उनले विमानस्थलको समग्र व्यवस्थापनका लागि सबै तहका कर्मचारीले जिम्मेवारी वहन गर्नुपर्ने बताए ।
उनले विमानस्थल आसपास फोहर देखिन नहुने भन्दै सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिए । उनले विदेशी पर्यटकले नेपालको विमानस्थलमा पनि उनीहरुको देशकै जस्तो सरसफाइको अपेक्षा गर्ने र यो स्वभाविक भएकाले आन्तरिक र वाह्रय दुवै पर्यटक र आगन्तुकले असन्तुष्टि पोख्ने ठाउँ नराख्न विमानस्थल कर्मचारीलाई सचेत गराए ।
मन्त्री भट्टराईले जिम्मेवारीप्रति हेल्चेक्र्याई गर्नेले कामबाट हटेर सहयोग गर्न समेत आग्रह गरे ।
२० तस्बिरमा