पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत पुडासैनी घुससहित पक्राउ


२७ पुष २०७६, आईतवार

ललितपुर, २७ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय प्रदेश–३ ललितपुरका लेखा अधिकृतलाई २२ हजार घुससहित पक्राउ गरेको छ ।

शुक्रबार टंगालबाट खटिएको आयोगको टोलीले लेखा अधिकृत बिष्णुहरी पुडासैनीलाई २२ हजार घुस रकमसहित पक्राउ गरेको हो । उनले सडक निर्माण कार्यको लागि टेण्डर सम्झौतामा काम हुँदै गर्दा मोविलाइजेसन पेस्की लिन आएका सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगले अनुसन्धान थालेको थियो ।

सोही अनुसन्धानमा पुडासैनीलाई आयोगको टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट पक्राउ गरेको थियो । आयोगले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७