गौशालाबाट पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौं, २७ पुस । प्रहरीले काठमाडौं महानगरपालिका–९ गौशाला पिंगलास्थानबाट एक थान घरेलु पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पिंगलास्थान बस्ने धनुषा गणेशमान सारनाथ नगरपालिका–७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा बिष्णुपुर गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा छन् ।
महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले शनिबार दिउँसो बा. १५ च ७५३६ नम्बरको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यसस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।