फेरि भाउ बढ्यो सुनको, तोलाको कति पुग्यो ?


२७ पुष २०७६, आईतवार
gold 2

काठमाडौं, २७ पुस । निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ४०० ले वृद्धि भएको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ७०० तोकेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु ९०० ले घटेको थियो । शुक्रबार छापावाला सुन प्रतितोला रु ७४ हजार ६०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ३०० मा खरिद बिक्री भएको थियो ।

पहेंलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला रु पाँचले वृद्धि भएको छ । महासङ्घले आजका लागि चाँदीको मूल्य प्रतितोला रु ८९० तोकेको छ । पछिल्लो समय विकसित इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७